– रेखा शाक्य (राजमति) –
लावण्य÷साँखु । भक्तपुरको दत्रात्तय मन्दिर अगाडीको भीमसेन मन्दिरको पहिलो तलामा गएको चिल्लाथ्व अष्टमी अर्थात चैत्र ८ गतेबाट काठको लिंग सार्वजनिक रुपमा प्रदर्शन गरियो । यो काठको लिंग महाभारतको भीमसेनको लिंगको प्रतीक र रातो कपडामा बीचमा प्वाल पारि द्रोपदीको योनीको प्रतीक स्वरुपलाई जनाउँछ । यस लिंगलाई फागु पुन्हिका दिन साँझमा मन्दिरबाट निकाली काँधमा बोकेर दत्रात्तयबाट सूर्यमढी, च्याम्हसिंह हुँदै ब्रम्हायणी नदिमा लगि धोइ पखालेपछि छोपेर पुनः मन्दिरमै ल्याउने काम गरिन्छ । स्थानीयहरुको भनाई अनुसार सो लिंग ढोग्दा पारिवारीक सुख दीर्घायु मिल्ने विश्वास गरिन्छ । साथै साँझमा जसले त्यो लिंगलाई बोकी लान्छ उसको पुत्रलाभ हुन्छ भन्ने जनआस्था पनि रहेको पाइन्छ । पहिला मन्दिरको फल्चामा राख्ने गरिएता पनि दर्शन गर्न आउनेको भीडका साथै विशेष गरी महिलाहरुलाई आवतजावत गर्न अप्ठ्यारो भएपछि लिंगलाई मन्दिरको माथिल्लो तल्लामा झुन्ड्याउन थालिएको भनिन्छ ।
लिंगको लम्बाई करीब तीन फिट लामो र एक फिट गोलाकारको छ । सामान्य रुपमा यो दृश्य हेर्दा अश्लिल लागेतापनि संचारको सुविधा नभएको समयमा देवदेवीको समागमको माध्यमबाट सन्तान जन्माउन सिकाउने प्रक्रियाको रुपमा लिइएको मानिन्छ ।
0 Comments
Thanks for your concerns