साँखुका पाका राजनीतिज्ञ रामप्रसाद श्रेष्ठ रहेनन्



लावण्य÷साँखु । साँखुका पाका राजनीतिज्ञ रामप्रसाद श्रेष्ठको ९१ वर्षको उमेरमा ग्राण्डी हस्पिटलमा उपचारकै क्रममा हिजो निधन भएको हो ।

उहाँलाई केही समय अगाडि पिसाबको समस्या भएपछि हस्पिटल भर्ना गरिएको थियो ।

उहाँको पार्थिव शरीर आर्यघाटमा लगी दाहसँस्कार गरिएको थियो ।

उहाँको पार्थिव शरीरमा छोरा प्रमोद श्रेष्ठले दागवत्ति दिनुभएको थियो ।

उहाँका दुई श्रीमतीको तर्फबाट ५ छोरा र ६ छोरी रहेका छन् ।

उहाँले पूर्व मन्त्री जोगमेहेर श्रेष्ठसँगै नेपाली काँगे्रस पार्टीबाट राजनीति सुरु गर्नुभएको थियो । नेपाली काँगे्रसको जनकपुर महाधिवेशनमा उहाँ महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो ।

राजा महेन्द्रले २०१७ सालमा कू गर्दा उहाँहरु विद्रोही हुनुभएकै कारण पक्राउमा पर्नुभएको थियो । त्यत्तिबेला राजा महेन्द्रले साँखुका तीनवटै गाउँपञ्चायतबाट प्रतिनिधि नपाएपछि पूर्व मन्त्री जोगमेहेर श्रेष्ठलाई पक्राउ गरि प्रधानपञ्च बन्ने भएपछि मात्रै छाडिएको थियो । पूर्व मन्त्री जोगमेहेर श्रेष्ठ २०१९ सालमा प्रधानपञ्च नियुक्ति भएर ६ महिना पछि उहाँले स्व. रामप्रसाद श्रेष्ठलाई प्रधानपञ्चको जिम्मेवारी दिनुभएको थियो ।

स्व. श्रेष्ठ २०१९–२०३९ सम्म पटक पटक पुखुलाछी पञ्चायत  र २०६० साल बैशाखमा तत्कालीन सरकारले राजनैतिक नियुक्ति गर्दा खेरि पुनः पुखुलाछी गाविसमै अध्यक्ष समेत हुनुभएको थियो ।

यस अघि उहाँ बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट २०४९ र २०५४ मा पुखुलाछी गाविसको वडा नं. ३ मा अत्यधिक मतान्तरका साथ वडा अध्यक्ष निर्वाचित हुनुभएको थियो ।

स्व. श्रेष्ठ २०२९ सालमा योजना आयोगका सदस्य हुनुभएको थियो ।

उहाँले भाग्योदय माविका संस्थापक सदस्य, गणेश प्राविका संस्थापक अध्यक्ष, भाग्योदय क्याम्पसका संस्थापक सल्लाहकार भई साँखु भेगमा शिक्षा क्षेत्रमा योगदान गर्नुभएको थियो ।

हामी स्वर्गिय श्रेष्ठमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।

Post a Comment

0 Comments