लावण्य/साँखु । साँखुका पुराना कम्युनिष्ट नेता माधवनारायण श्रेष्ठको यही कार्तिक २५ गते ८६ वर्षको उमेरमा निधन भएको छ ।
उहाँका श्रीमती दुई छोरा र चार छोरी रहेका छन् ।
उहाँको ग्रिनसिटी हस्पिटल बसुन्धरामा उपचारकै क्रममा निधन भएको थियो ।
उहाँको पार्थिव शरीर पशुपतिको आर्यघाटमा लगिएको थियो । उहाँको पार्थिव शरीरमा उहाँका जेष्ठ सुपुत्र जगदिश श्रेष्ठले दागवत्ति दिनुभएको थियो ।
उहाँले शम्भुराम श्रेष्ठ नेतृत्वको नेपाली कम्युनिष्ट लीग र नेकपा माले लगायतका कम्युनिष्ट पार्टी निकट रहेर काम गर्नुभएको थियो ।
प्रायः मौन रहन रुचाउनुहुने स्व. श्रेष्ठ । २०२३ सालतिर कुनै एक व्यक्तिलाई लेखिएको राजतन्त्र बिरुद्धको चिठ्ठीका कारण केही महिना थुनिनु भएको थियो । २०३६ को हरिबहादुर श्रेष्ठ हत्याकाण्डमा केही समय थुनामा समेत पर्नुभएको थियो । पछि अदालतको आदेशबाट थुनामुक्त हुनुभएको थियो । केही समयपछि सो मुद्दामा उहाँले सफाई पाउनुभएको थियो । उहाँले पञ्चायतकालमा समेत प्रजातन्त्रको पक्षमा आवाज उठाउन सहयोग गर्नुभएको थियो । उहाँले साँखुमा हुने साहित्यिक गतिविधिमा समेत समय समयमा आवश्यक आर्थिक भौतिक सहयोग गर्ने गरेको खुलासा प्रगतिशिल साहित्यकार डा. बालगोपाल श्रेष्ठले उल्लेख गर्नुभएको छ ।
0 Comments
Thanks for your concerns