लावण्य/साँखु, १० मंसिर । हिमशिखर कोल्ड स्टोरको लापर्वाहीका कारण मूलपानीदेखि साँखु क्षेत्रका काठमार्डौँ जिल्लाको उत्तर पूर्वीभेगका किसानहरु मर्कामा परेका छन् ।
किसानहरुले आलुको बीउ जोगाउनको लागि प्रत्येक वर्ष कोल्ड स्टोरमा हाल्ने गर्दछन् । यसैक्रममा गत वर्ष हिमशिखर कोल्ड स्टोर मूलपानीमा हालिएको आलुको बीउमा लामो टुसा उम्रिने गरी लापरवाही तरिकाले स्टोरेज गरिदिँदो यस भेगका करीब २ हजार किसान मर्कामा परेका छन् ।
यसरी नै मर्कामा परेका किसान गणेश दुलालका अनुसार किसानहरुलाई या त कोल्ड स्टोरेजले क्षतिपूर्ति दिनुपर्छ नभए स्थानीय सरकारले भएपनि राहत दिनुपर्ने किसानहरुको माग रहेको उहाँ बताउनुहुन्छ । अहिले बीउ सार्ने समयमा आलु यसरी बिग्रिँदा किसानले महँगो मूल्यमा बीउ किन्नुपर्ने हुन्छ भने अर्कोतिर आफूले चाहेको बीउ पाउन समेत गाह्रो हुन्छ ।
उहाँका अनुसार करीब आधा जति आलु कुहिएको छ भने बाँकी आलुमा पनि लामो लामो टुसा उम्रिएको कारण बीउको लागि पूर्ण रुपमा सो आलु उपयोगविहिन बन्न पुगेको छ ।
0 Comments
Thanks for your concerns