भाइरस आतंक


– प्रा. मिठ्ठाराम थापा, शंखरापुर–९
सर्वश्रेष्ठ तिमी ने हौ, भन्छ हाम्रो पृथ्वीको
तिम्रो नास गर्न आगमन भयो भाइरस कोरोनाको
विश्वमा नै उग्ररुप लियो भाइरस कोरोनाले
संसारभर हाहाकार मच्चाई दियो यहाँ कोरोनाले ।
रुप कस्तो रंग कस्तो केही थाहा छैन
झम्टेपछि कोरोनाले छोड्ने भने हैन
विश्वका वैज्ञानिक यस्को खोजमा छन्
आजसम्म पत्ता नलाग्नु भन्दा छक्क पर्छन् ।
कलियुगका देवता चिन र अमेरिका
परीक्षण र अनुसनधान फेल भैरहेछन् यिनका
हरेस यिन्ले खाका छैनन् ऐले खोजी मा नै छन्
सिरम देखि भ्याक्सिनसम्म अनुसन्धान गर्दैछन् ।
ठूला देशलाई च्यालेञ्ज दियो यो महामारीले
उदाउँदा सूर्यहरुको पनि शक्ति परीक्षण गरिरहेछ आज विश्वले
वैज्ञानिक चमत्कार हेरिरहेछ आज भाइरस कोरोनाले
पक्कै लडाइँ जित्नेछन् उदाउँदा सूर्यले ।
उपद्रो नै मच्चाईरहछ भाइरस कोरोनाले
दरो क्वारेन्टाइन अपनाइरहेछ हाम्रो नेपालले
हाम्रो सँस्कार हाम्रो धर्म हाम्रा पशुपछि
धन्ना नलिउँ सुर्ता नलिउँ भन्दा हुने छैन खती ।

Post a Comment

0 Comments