शंखरापुर नगरपालिका वडा नं. ८ को २०७४ को स्थानीय तहको चुनावमा कसले कति मत पाए ?




शंखरापुर नगरपालिका वडा नं. ८ मा नेकपा एमालेले प्यानल सहित जीत हासिल गरेको थियो ।

२०७८ फाल्गुन २४ गते

लावण्य/साँखु । निर्वाचन आयोगका रेकर्ड अनुसार शंखरापुर नगरपालिका वडा नं ८ का वडा अध्यक्षका उम्मेदवारहरुले गत २०७४ को  स्थानीय तहको निर्वाचनमा पाएको मत यसप्रकार रहेको छ ।

वडा अध्यक्षको चुनावमा नेकपा एमालेका हितमान तामाङले ५१३ मत प्राप्त गरि विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वि नेपाली काँगे्रसका पोते थिङले ४५८ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी माओवादी केन्द्रका सानो भाई कार्कीले  ३०८ मत, राप्रपाका प्रकाश स्याङ्बोले ६६ मत, स्वतन्त्र उम्मेदवार सकुल थापाले ५ मत, स्वतन्त्र उम्मेदवार तारा रानाभाटले १ मत, स्वतन्त्र उम्मेदवार रामेश्वर केसीले ० मत, स्वतन्त्र उम्मेदवार दिपा लामा घ्लानले ० मत र स्वतन्त्र उम्मेदवार बसन्त थिङ तामाङले ० मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी वडा सदस्य खुल्ला तर्फ विजयी उम्मेदवारहरु नेकपा एमालेका देवकृष्ण केसीले ५२३ मत प्राप्त गरेका थिए, नेकपा एमालेकै कृष्ण घ्लानले ५१५ मत प्राप्त गरेका थिए भने पराजित उम्मेदवारहरुमा नेपाली काँगे्रसका विमान थिङ तामाङले ३२८ मत, नेपाली काँगे्रसकै श्रीराम खड्काले ३२० मत, माओवादी केन्द्रका लक्ष्मण घ्लान लामाले २८८ मत, राप्रपाका रमित मोक्तानले १८७ मत, राप्रपाकै बालकृष्ण खत्रीले १८५ मत, माओवादी केन्द्रका मणिराम केसीले १८५ मत प्राप्त गरेका थिए ।

सो चुनावमा महिला सदस्यमा नेकपा एमालेका उमादेवी कार्कीले ५२० मत प्राप्त गरी विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वि नेपाली काँगे्रसका कलंकी विष्ट कार्कीले ३७८ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका प्रमिशा चित्रकारले १८१ मत र राप्रपाका जमुना केसीले १५३ मत प्राप्त गरेका थिए ।

Post a Comment

0 Comments