शंखरापुर नगरपालिका वडा नं. २ को २०७४ को स्थानीय तहको चुनावमा कसले कति मत पाए ?



शंखरापुर नगरपालिका वडा नं. २ मा नेकपा एमालेले प्यानल सहित जीत हासिल गरेको थियो ।

२०७८ फाल्गुन २२ गते

लावण्य/साँखु । निर्वाचन आयोगका रेकर्ड अनुसार शंखरापुर नगरपालिका वडा नं २ का वडा अध्यक्षका उम्मेदवारहरुले गत २०७४ को  स्थानीय तहको निर्वाचनमा पाएको मत यसप्रकार रहेको छ ।

वडा अध्यक्षको चुनावमा नेकपा एमालेका जीवन लामाले ३८३ मत प्राप्त गरि विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वि नेकपा माओवादी केन्द्रका कान्छाराम थिङ ले ३६४ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी नेपाली काँगे्रसका अग्नी प्रसाद लामिछानेले २१६ मत प्राप्त गरेको थियो भने राप्रपाका पाल्तेन लामाले ७ मत,  प्राप्त गरेको थियो ।

त्यसैगरी वडा सदस्य खुल्ला तर्फ विजयी उम्मेदवारहरु नेकपा एमालेका कृष्णबहादुर गुरुङले ३८४ मत, नेकपा एमालेकै शिवप्रसाद दंगलले ३६३ मत प्राप्त गरेका थिए भने पराजित उम्मेदवारहरुमा नेकपा माओवादी केन्द्रका रनबहादुर थिङले ३२६ मत, नेपाली काँगे्रसका विरेन्द्र गुरुङले २७१ मत, नेपाली काँगे्रसकै सन्तोष चौलागाईले २३० मत, नेकपा माओवादी केन्द्रका शिवप्रसाद लामिछानेले १९६ मत, राप्रपाका सूर्यबहादुर वाईवाले २१ मत, राप्रपाकै मानबहादुर न्यासुरले ११ मत, स्वतन्त्र उम्मेदवार सानुकान्छा तामाङले ० मत प्राप्त गरेका थिए ।

सो चुनावमा महिला सदस्यमा नेकपा एमालेका सुनिता घ्लानले ३९६ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वि नेकपा माओवादी केन्द्रका विमला तामाङले ३०७ मत प्राप्त गर्नुभएको थियो भने नेपाली काँगे्रसका जीतकुमारी तामाङले २१० मत, राप्रपाका ज्ञानीमाया लामाले ३ मत प्राप्त गरेका थिए ।

Post a Comment

0 Comments