शासकहरुबीचको झगडाको मूलकारण चुनावका क्रममा बाहिर आउनेछ– बिजुक्छे



लावण्य/साँखु नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले समयमै संसद् विघटनको कदम नचालिएको भए नेपालको प्रजातन्त्रलाई कमजोर बनाउने धेरै क्रियाकलाप हुनसक्ने बताउनुभएको

बिहीबार चिनियाँ मिडिया ग्रुपका प्रतिनिधिसँग समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी गर्दै उहाँले प्रचण्डको नेतृत्वमा भएको दस वर्षे सशस्त्र सङ्घर्ष भारतकै सहयोगमा भएकोले उनीहरू गतिविधिमा भारतको प्रभाव हुने गरेको बताउनुभयो

आफ्नो अधिकारलाई प्रयोग गरेर प्रधानमन्त्रीले चालेको कदमले प्रजातन्त्रलाई कमजोर बनाउने दुर्घटना रोकिएको ”, उहाँले भन्नुभयो

दमकलले जसरी समयमै काम गर्दा आगो नियन्त्रण हुन्छ, त्यसरी नै संसारका हरेक राज्यले प्रधानमन्त्री वा राष्ट्रपतिलाई दिइएको विशेषाधिकार प्रयोग गरेर देशलाई सङ्कटबाट जोगाइने उहाँले बताउनुभयो

शासकहरूबीच भित्र भएको झगडाको कारण थाहा पाउने अधिकार जनतालाई हुने बताउँदै अध्यक्ष बिजुक्छेँले चुनावमा त्यस्ता झगडाका कुरा बाहिर आउने धारणा राख्नुभयो

चुनावको समयमा हुने बहस छलफल नेपाली जनताको लागि राजनीतिक कक्षासरह हुनेछ”, उहाँले भन्नुभयो

उहाँले चुनावमा को ठीक को बेठीक निक्र्योल जनताले गर्ने चर्चा गर्दै जनताले लोभ स्वार्थमा नफसेर निर्णय गर्नुपर्ने धारणा राख्नुभयो

महामारीको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने शासक दलका नेताहरू आपसमा पद पैसाको भागबण्डामा झगडा गरिरहेको अध्यक्ष बिजुक्छेँले भन्नुभयो

जस्ता कार्यकर्ता त्यस्तै नेता जस्ता नेताहरु हुन्छन्, त्यस्तै प्रधानमन्त्री हुने चर्चा गर्दै उहाँले नेपाली जनताले आज भोगिरहेका समस्याको निम्ति नेकपाका नेताहरू दोषी भएको बताउनुभयो

अध्यक्ष रोहितले अत्यन्त बहुमत जनता राजतन्त्रको विपक्षमा रहेको पुरानो कोट ठीक नहुने भएजस्तै राजतन्त्रको पुनःस्थापना पनि सम्भव नभएको प्रस्ट पार्नुभयो  

Post a Comment

0 Comments