शालिनदी मेला र साँखु

 


प्रत्येक वर्ष माघ महिनाभरि लाग्ने मेला यस वर्ष पौष १८ गते देखि सुरु भई माघ १७ गते सकिनेछ यस मेला अवधिभर साँखुमा २० सौँ लाख भक्तजनहरुको ओईरो लाग्दछ साँखु बजारलाई पुरानो एवं ऐतिहासिक धरोहरको रुपमा लिईन्छ नेपाल तिब्बतको व्यापार हुने समयमा यो बजार तिब्बतजाने प्रमुख मार्गमा पर्ने बजार हो

यस वर्ष पनि माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुरधा समितिले मेला व्यवस्थापनको लागि तयारी सुरु गरिसकेको साँखुमा मेला भर्न आउने मात्रै हैन व्रत बस्न आउने व्रतालु उनका परिवारको पनि भीडभाड हुन्छ त्यसैले साँखु बजारमा उनीहरुको रहने बस्ने एवं सुख सुविधामा ध्यान पुग्नुपर्ने हुन्छ तर भूकम्पले ध्वस्त साँखु अझै बौरिन सकेको छैन तर पनि साँखुले कहिल्यै पनि अतिथिहरुको सेवा सुविधामा कमी गरेको छैन

साँखु बजारका आठ वटै टोलहरुमा टोल भेला गरि टोल समूह गठन गरेको भने संघ संस्था एवं महिला समूहहरुको छुट्टै कमिटी गठन गरिएको

नेपाल स्काउट सक्व क्र्यु, नेपाल प्रहरी, बस व्यवसायी संघ लगायत विभिन्न संघ संस्थाहरुले मेला व्यवस्थापनमा आफ्नो किसिमको योगदान दिने गरि जिम्मा लिएका छन्

यस वर्ष शालिनदी तटमा घाट सुधारका थप योजनाहरु कार्यान्वयन भएको अहिले करिब ४० वर्ष पछि घाटमा ब्रम्हनाल पूरै देखिने भएको भने बासुकी नाग समेत पूरै देखिने गरि सरसफाई गरिएको

यसरी समितिले मेला व्यवस्थापनको लागि तयारी गरिरहँदा समितिले गत वर्षहरुमा भएका आफ्ना कमी कमजोरीहरु सच्याउने प्रयास गरेको मेलामा आउने भक्तजन एवं व्रत बस्न आउने व्रतालुहरुको सेवा सुविधामा कमी आउन नदिने गरि काम भईरहेको धारणा समितिको रहेको

शालिनदी तटमा रहेको सार्वजनिक जग्गाको सिमांकन गर्ने कार्य समेत यस वर्ष गरि सकिएको हुँदा आगामी वर्षको लागि शालिनदी क्षेत्रमा थप भौतिक निर्माणका कामहरु गर्न सजिलो हुने भएको सो क्षेत्रमा धार्मिक पर्यटकहरु १२ महिना नै शालिनदी तटमा आउने गरि आन्तरिक पर्यटकहरुको आकर्षण केन्द्र बनाउने योजना समितिको रहेको

शालिनदी तटको सार्वजनिक जग्गा सिमांकन गरिसकेपछि शंखरपुर कागेश्वरी मनहरा नगरपालिकाका अन्य स्थानहरुमा समेत यसरी नै सार्वजनिक जग्गाको रेखांकन गरि सार्वजनिक जग्गाहरुको संरक्षण गरिनुपर्ने आवाज स्थानीयले उठाउन थालेका छन्

यस विषयमा नापी कार्यालय, नगरपालिका एवं सरकारको समयमै ध्यान जानु जरुरी रहेको

लावण्य सन्देश वर्ष अंक २७ को सम्पादकीयबाट

Post a Comment

0 Comments