– मञ्जिला थापा –
देवताहरुको
सबैभन्दा धनी कुवेर
थिए भने झैँ
श्री पञ्चकन्या माविमा
पढ्ने मदन नाम
गरेको एकजना विद्यार्थी
थियो । उ सधैँ धनको
धाक लगाएर बोल्थे
। उसको बाबुको
नाम चन्द्रबहादुर कार्की
थियो । उसको
बाबुको गाउँमा एउटा पसल
थियो । उ निकै राम्रो
व्यक्ति थियो । उनले
त्यस गाउँका सबैलाई
सामल उधारोमा दिन्थे
। नसक्नेलाई सहयोग
समेत गर्दथे ।
साथै उ गाउँमै
धनी मानिस थिए
। मदन गरिबको
छोराहरुलाई धनको धाक
मात्र लगाउँथे ।
तर गरिबका छोराहरु सुन्ने
वित्तिकै कुराहरु बिर्सिन्थे ।
एक दिन मदनले
शिक्षकले दिनुभएको गृहकार्य बिर्सेछ
। शिक्षकले मदनलाई
कक्षाका सबै साथीहरुको
अगाडि राखेर मदनलाई
कुटे । मदनले
शिक्षकलाई मुख चलाएर
तँ जस्तो सरलाई
त म मेरो
बाउको पसलमा काम
गर्न राख्न सक्ने
छु भने ।
शिक्षकले मदनलाई झन् कुटे
। मदनलाई कुट्दा
सबै साथीहरु हाँसे
।
मदन दिनदिनै धनको घमण्ड
गर्दै जाँदै थियो
। मदनलाई शिक्षकले
कुटेपछि झन् कक्षामा
धेरै हो–हल्ला
गर्ने, साथीहरुलाई कुट्ने गथ्र्यो
। एक दिन
त बाटोमा केटीलाई
जिस्क्याउँदा केटीले चप्पलले हिर्काईदिए
। उनिले गरेको
काम राम्रो छ
भनेर कक्षाका साथीहरुले
भने । उसले
म जत्तिको धनी
बाउको छोरा रा
धनी कोही छैन
भन्थ्यो । अर्को
दिन नेपाली शिक्षकले
मदनलाई भन्नुभयो– के हो
मदन तिमी त
पहिले भन्दा पनि
घमण्ड र रिसालु
भएका छौ रे
सामाजिक शिक्षकलाई नराम्रो कुरा
भन्यौ रे हो
?
मदनले शिक्षकलाई सर तपाइँ
पढाउनुहोस् न ! कुरा
छल्दै भने ।
त्यसपछि सामाजिक सरले मदनलाई
केही कुराहरु सोध्नुभयो
तर मदनलाई सामाजिक
सरसँग आँखामा आँखा
जुधाएर भन्न सकेन
। मदनले सरसँग
सर मलाई माफ
गर्नुहोस् मैले तपाइँलाई
जे जत्ति भने
त्यो मेरो घमण्डको
कारणले भएको हो
। यदि मैले
तपाइँको मन दुःखाएको
छु भने मलाई
आफ्नो चेलो सम्झेर
माफ गरिदिनुहोस् ।
तपाइँले मलाई कत्ति
सम्झाउने कोशिस गर्नुभयो ।
तर म भने
धन र बलको
घमण्डले गर्दा कति मानिसहरुको
मन दुःखाएँ ।
मेरो कति साथीहरुलाई
कुटेँ । म सबैसँग माफी माग्छु
। मलाई माफ
गर्नुहोस् ।
मदनको आँखाबाट आँशु झ¥यो ।
यो देखेर सामाजिक
शिक्षकले मदनलाई माफ गरिदिए
। त्यसपछि मदनले
पढ्न थाले मदन
कहिले पन कक्षामा
साथीहरुसँग झगडा नगर्ने
अनि साथीहरुसँग मिलेर
बस्न थाले ।
मदनले आफ्नो पढाईमा
ध्यान दिन थाले
। घरमा पनि
साधारण कुराहरुमा झगडा नगर्ने
भयो । मदनले
राम्रोसँग पढ्नाले ऊ परिक्षामा
प्रथम पनि भयो
। यो कुरा
सुन्दा विद्यालयका सबै शिक्षक
साथी अचम्म मानेर
मदनलाई धन्यवाद दिए ।
मदनले धनको घमण्ड
गर्नु हुन्न भनेर
गाउँका सबैलाई सचेत गरायो
। अहिले मदन
आफू प्रति ज्यादै
खुशी छ । त्यसैले हामीले धनको
धेरै घमण्ड गर्नु
हुन्न ।
0 Comments
Thanks for your concerns