लावण्य÷साँखु । हात धुनु भनेको तपाईको हातलाई सफा तथा किटाणु रहित राख्ने एउटा राम्रो तरिका हो । तर कहिलेकाँही तपाईंसँग साबुन पानी नहुन सकिन्छ । त्यो समयमा ह्यान्ड स्यानिटाइजरले किटाणुलाई मार्न सक्छ । यतिबेला विश्वमा कोराना भाइरसको कारणले बजारमा स्यानिटाइजरको अभाव भइरहेको छ । चिनको वुहान सहरबाट सुरु भएको यो रोग अहिले प्राय देशमा पुगिसकेको छ । बजारमा स्यानिटाइजर अभाव भइरहेको बेला हामी आफैले किन नबनाउने स्यानिटाइजर ?
हामी कसरी आफै स्यानिटाइजर बनाउने भन्ने विषयमा केही तरिकाहरु दिदै छौं ।
सामाग्रीहरु जम्मा गर्नुहोस –रक्सीमा आधारित ह्यान्ड स्यानिटाइजर बनाउनको लागि तलका निम्न साम्राग्रीहरु जम्मा गर्नुहोस ।
.भोड्का वा ९९५ रबिङ रक्सी
.एलोवेरा जेल
.आवश्यक तेल (जस्तै लेभेन्डर, पेपरमिन्ट, दालचिनी)
.फनेल
.चम्चा
.मिक्स गर्नको लागि कचौरा
.स्टोर गर्नका लागि प्लास्टिक कन्टेनर
रक्सी र एलोवेरालाई मिसाउने – तपाईंको मिसाउने
कचौरामा तीनभागको दुईभाग रक्सी र तीनभागको एकभाग शुद्ध एलोवेरा जेल मिसाउने र चिल्लो नहुनजेलसम्म चम्चाको मद्दतले मिलाउने । यति गरेपछि उत्पादन तपाईंलाई कतिको मोटो चाहिन्छ त्यो हजुरमा निर्भर रहन्छ । फेरी तपाईले एलोवेरा जेल एक चम्चा थप्नु भयो भने मिश्रण गाढा हुनेछ । यदि तपाईले बढी रक्सी थप्नु भयो भने यो पातलो हुनेछ ।
आवश्यक
तेल राख्ने – यति भएपछि तपाईले छानेको तेलको ८–१० थोपा तेल राख्ने । त्यसपछि प्रत्येक पटक एक थोपा राख्दा चलाउनुहोस । आठ थोपा राखिसकेपछि स्यानिटाइजरको गन्ध कस्तो आउँछ ? यदि तपाईं बलियो गन्ध चाहानुहुन्छ भने फेरी केही थोपा थप्नुहोस ।
मिश्रण
कन्टेनरमा राख्नुहोस – फनेललाई कन्टेरनरको माथि राखेर कन्टेनर नभरिएसम्म तरलमा राख्नुहोस । त्यसपछि साना साना बोटलहरुमा राख्नुहोस जसले गर्दा तपाईजहाँ जाँदा पनि लिन सहज हुन्छ । भने आवश्यक नभएको स्यानिटाइजर जारमा जम्मा गरेर प्रयोग गर्न सक्नुहुनेछ ।
0 Comments
Thanks for your concerns