एक्कै छिन हाँसौँ है ....



                एकादेशमा तीन जोडी बुढाबुढी बस्दथेउनीहरु एक दिन भोज जान लागेका थिए उनीहरुमध्ये एकजनाको कपाल कालो थियो अर्कोको सेतो एकजनाको कपालै थिएन
पहिली बुढी मेरो बुढाको कालो कपाल कालै साडी लाउँछु
दोस्री बुढी मेरो बुढाको सेतो कपाल सेतै साडी लाउँछु
तेस्री बुढी (के भनौ, के भनौँ गर्दै...) मेरो बुढाको कपालै छैन, के नाङ्गै हिँडौँ ?

उज्ज्वल श्रेष्ठ, सानोगाउँ
                एकजना बेरोजगारले एउटा राजनीतिज्ञको पे्रस सल्लाहकारको पदमा निवेदन दियो केही दिनपछि उसले एउटा पत्र पायो जसमा उल्लेख गरिएको थियो तिम्रो बायोडाटा अतिशयोक्ति छलछामले भरिएकोरहेछ त्यसकारण तिमीले आफ्नो कार्यभार सोमबारदेखि सुरु गर्न आउनु

दुर्गा श्रेष्ठ, जोरपाटी

Post a Comment

0 Comments