लावण्य÷साँखु । यही बैशाख १९ गते राति साँखु बजारका दुई वटा पसलहरुमा चोरी भएको छ भने दुईवटा पसलहरुमा चोरकिो प्रयास भएको छ ।
पसलेहरुले २० गते बिहान पसल खोल्न आउने क्रममा चोरी भएको थाहा पाई प्रहरीमा खबर गरेका थिए ।
चोरी भएका पसलहरुमा प्रविणराज श्रेष्ठको कपडा पसल, गोपाल श्रेष्ठको जुत्ता पसल, भुपेन्द्र बसीको प्लाष्टिक पसलका साथै एउटा फेन्सी पसलमा समेत चोरीको प्रयास भएको थियो ।
भुपेन्द्र बसीको पसलको ढोकाको ताला फुटाइएको भएपनि केही चोरी नभएको जानकारी प्राप्त भएको छ भने गोपाल श्रेष्ठको पसलबाट केही नगद रकम चोरी भएको बताइएको छ । सबैभन्दा धेरै प्रविणराज श्रेष्ठको पसलबाट करिब २ लाख हाराहारीको नगद सहित धनमाल चोरी भएको छ ।
0 Comments
Thanks for your concerns