सुस्मिताले चढिन् ७ उच्च शिखर

साँखु÷हाम्री विरांगना चेली सुस्मिता मास्केले ७ महादेशका ७ सर्वाेच्च शिखर आरोहण गर्ने अभियान अन्तर्गत अन्तिम आरोहणमा आज भन्दा २ हप्ता अघि ०६ डिसेम्बर २०१४ तारिख शनिबार एन्टार्टिका महादेशको ४८९२ मिटर अग्लो माउन्ट भिन्सन म्यासिफ (ःत। ख्ष्लकयल ःबककष) माथि पाइला टेक्न सफल भएकी छन् । विभिन्न दैनिकको नियमित ग्राहक र पाठक, नियमित टिभी रेडियो समाचार हेर्ने सुन्ने, सामाजिक संजालमा झुम्मिरहनेहरुले समेत यो कुरा थाहा पाएनन् । यो विषय बरु विभिन्न व्यक्तिहरुको फेसबुक स्टाटसबाट मात्र थाहा पाइयो । पाठकहरुले यस्तो खुसीको समाचार नेपाली संचार माध्यममा ठाउं नपाएको कारण समयमै थाहा पाएनन् । हुनतः हिमाल खबर पत्रिका यो माथिको तस्बीर छापिएको छ त्यसमा पनि विस्तृत समाचार भने छैन । पाठकको सूचना पाउने हकको सम्मान गर्दै हामीले यस सम्बन्धी संक्षिप्त जानकारी यहाँ प्रस्तुत गरेको छु । यस सम्बन्धी थप जानकारी भए हामीलाई उपलब्ध गराउन समेत हामी पाठकवर्ग, लेखक, पत्रकारहरुलाई आग्रह गर्दछौँ ।

Post a Comment

0 Comments