साँखु क्षेत्रकै वरपरको साँस्कृतिक पक्षको मठ मन्दिर, कूलदेवता, इष्टदेवता, स्थानीय देवता आदि क्षेत्रहरु यत्रतत्र रहेका छन् । ती क्षेत्रहरुको संरक्षण सम्वद्र्धन कार्य सम्बन्धित सरोकारवालाहरुबाट गर्दै आईरहेका छन् । इन्द्रायणीको कालिका पीठ, सेतीदेवी स्थान, खुलालटारको विन्ध्यवासिनी स्थान जस्तै साखिनटारको क्षेत्रपाल भैरव स्थान मर्मत सुधार २०६९ को समितिले स्थापना गरेको शिलापत्रमा कुँडिएको वि.सं. १८८७ सालको उदयसिंह खड्काको कान्छो छोरा युधिष्ठिर खड्काद्वारा स्थापित भैरव स्थान, नागदेवता र कूल देवता जस्तै हाल कागेश्वरी मनहरा नपा–१ मा पनि सोही युधिष्ठिर खड्काकै सन्तानमध्ये छैठौँ पुस्ताका रामजि खड्का र गाउँले दाजुभाई दिदीबहिनीहरुको सहयोगमा २०२१ साल अगाडि दिलबहादुर खड्काको गौचरणको ३६ रोपनी जग्गामा हाल युधिष्ठिर ईश्वरीचरण जानकी मन्दिर निर्माण भैरहेका छन् ।
उक्त युधिष्ठिर ईश्वरी चरण क्षेत्रमा शिव मन्दिर, सरस्वती मन्दिर, गणेश, सूर्य, भगवती .... आदि पाञ्चायण देवताहरु समेतको पूजा आजा गर्दै आईरहका छन् । उक्त स्थानमै शिवमन्दिर र गौरीकुण्ड समेत निर्माण कार्य भैरहेका छन् ।
प्रशंगः हाल पशुपति तिलगंगा स्थानको पशुपति मन्दिरमा राज गर्नुहुने दुग्ध आहारी बाबा (दुग्धहारी)को प्रत्येक्ष सल्लाह र सहयोगबाट २०६२ सालबाट निर्माण सुरु गर्दै आर्थिक संकलनको लागि २०६८ सालमा रामायण भागवत कथा वाचन र दुग्धहारीबाबाबाट पनि थप आर्थिक सहयोग भई २०७० माघ २८ गतेबाट पुनः जानकी मन्दिर निर्माण सुरु भएको कुरा रामजी खड्काबाट जानकी मन्दिरकै छत कौसीमा कुराकानीको सिलसिलामा जानकारी प्राप्त भयो । साखिनटारकै क्षेत्रपाल भैरवको दर्शन र सिलापत्र अध्ययन गर्न केशव खड्का साँखुलेको सहयोगमा खड्काहरुको वंशावली समेत टिपषेट उपलब्ध भएको आधारमा उक्त जानकी मन्दिर निर्माण स्थल युधिष्ठिर ईश्वरी चरणको नाममा समर्पण गरिएका छन् । साखिनटारकै क्षेत्रपाल भैरव स्थानमा रहेको अजंगको काब्रोको रुखमुनिको शिलापत्रमा समेत युधिष्ठिर खड्काको नाम समेत जोडिएको कारण जानकी मन्दिर निर्माण गर्ने क्रममा साँखुको हाल सीटीईभीटी भवन बनेको फिरफिरे चौर जग्गा समेत निरिक्षण गरिएको बुझिएको छ ।
जानकी मन्दिरको छिँडी तल्लामा स्थानीयहरुको विवाह, व्रतबन्ध, पास्नी आदि सामाजिक र धार्मिक कार्यक्रमको लागि स्थान छुट्याईएको छ भने बीचको तल्लामा सितारामको मूर्ति सहितको मन्दिर स्थापना हुने र माथिल्लो तल्ला जनकपुरको जानकी मन्दिरकै एक अंशको आकारमा तीन गजुरे गुम्बज मन्दिर आकार र कौसीको रुपमा निर्माण हुँदैछन् । उक्त निर्माण कार्यका लागि सुरुमा स्थानीयहरुको मनमुटाव भएपनि हाल मिलेर छलफल गर्दै मन्दिर निर्माण कार्य गर्दैछन् । भविष्यमा जनकपुरको जानकी मन्दिरमा जस्तै मेला लाग्ने विवाह पञ्चमी, रामनवमी आदि पर्वमा काठमाडौँ उपत्यकाका दर्शनार्थीहरु र आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने प्रचुर सम्भावना रहेको देखिन्छन् । किनभने त्यस युधिष्ठिर ईश्वरीचरण स्थलबाट भीमेश्वर स्थान, महाकाली स्थान, गागलको पारसी देवी स्थान, सूर्य विनायक स्थान, काली देवी स्थान इन्द्रायणी, कान्कानाथ महादेव मन्दिर, गौरीकुण्ड, सरस्वती मन्दिर, अधिकारी गाउँको मणिलिंगेश्वर महादेव मन्दिर, चाँगु नारायण, कागेश्वरी स्थानको पनि दृश्यावलोकन गर्न र पुग्न सकिन्छ । शूभमस्तु सर्वदा ।।
(प्रतिक्रियाको लागि कजचभकतजबउप२ष्खिभरअयm)
0 Comments
Thanks for your concerns