rochak bishwo

अनौठो गाउँ ः जहाँका मानिस बोल्दैनन्, इशाराले कुरा गर्छन् इण्डोनेसियामा एउटा यस्तो गाउँ छ जहाँका हरेक व्यक्ति केवल इशाराले कुरा गर्छन् । पछिल्लो सात पिँढीदेखि बेँगकला नामको उक्त गाउँका मानिसहरु एक आपसमा बोलेकै छैनन् । उनीहरु मुखले हैन हातको इशाराले कुरा गर्छन् । गाउँमा झण्डै ३ हजार मानिस बस्दछन् । गाउँलेहरु मात्र हैन यहाँ रहेका विभिन्न कार्यालयहरुमा पनि मुखले कुराकानी हुँदैन, इशारामै कामकुरा हुन्छ । यो दुर्गम गाउँमा बाहिरी मानिसको खासै आवतजावत छैन । यहाँका मानिसहरु एक आपसमा संचारका लागि प्रयोग गर्ने सांकेतिक भाषालाई काटा कोलोक भन्दछन् । यो भाषा कैयौँ सताब्दी पूरानो रहेको बताइन्छ । काटा कोलोकले बोल्न तथा सुन्न नसक्ने मानिसलाई पनि सम्मान दिन्छ । यो गाउँमा बोल्ने तथा सुन्ने सम्बन्धी समस्या रहेका मानिसहरुको संख्या सामान्य भन्दा १५ प्रतिशत बढि छ । त्यसैले पनि सांकेतिक भाषा निकै लोकप्रिय बनेको छ । नबोल्ने गाउँ भएकैले होला यो गाउँको नामै बहिरो गाउँ रहेको छ । अनौठो बालक, जसलाई हरेक दिन सर्पले डस्दछ तस्वीरमा तपाइँले जुन बालक देखिरहनुभएको छ, त्यो कुनै चानचुने सामान्य बालक होइन । यो यस्तो अद्भुत बालक हो, जसलाई दिनहुँ सर्पले डस्दछ । सुन्दैमा आङ नै जिरिंग भयो होला । तर मान्नुस् नमान्नुस् भन्ने तथा देख्नेहरुको दाबी यहीँ छ की यो बालकलाई दिनहुँ सर्पले डस्ने गर्दछ । भारतको मध्यप्रदेशस्थित एक गाउँको घटना हो यो । १२ वर्षको यो बालकको नाम रविन्द्र चन्द्रवंशी हो । बालकका परिवारका अनुसार उसलाई पछिल्लो केही महिनादेखि दिनहुँ सर्पले डस्दै आएको छ । सर्प कसैले पनि देख्दैन, तर जिउमा भन सर्पले डसेको खत तथा निस्केको रगत मात्र देखिन्छ । त्यस्तो खत देखिएसँगै बालकले मुखबाट फिँज काढ्छ र बेहोस हुन्छ । दिनहुँ सर्पले डस्ने दाबी गरिएको यो बालक साँच्चीकै आश्चर्यको केन्द्र बनिरहेको छ । डाक्टरहरु भने यो बालकलाई सर्पले डसिरहेको पत्याउन तयार छैनन् । उसको जिउका खत सर्पले डसेका नभै अन्य कुनै रोगका रहेको दाबी डाक्टरहरुको छ । तर रोग पत्ता लगाउन भने कसैले सकेको छैन । एजेन्सीको सहयोगमा जंगली जनावर भगाउन हनी सिंहका गीत, किसानलाई हाइसन्चो भारतको उत्तराखण्डका किसान तथा राज्य सरकार समेत बालीनाली खाइदिने जंगली जनावरको आतंकसँग लामो समयदेखि जुध्दै आएका छन् । सरकारले जंगली जनावरको आतंक नियन्त्रण गर्न चालेका हरेक कदम असफल हुँदै आए । आखिर उत्तराखण्डको नैनीतालका किसान आफैले यसको हल खोजेका छन् । जंगली जनावरको आतंक नियन्त्रणको हतियार बनेका छन् चर्चित गायक हनी सिंह र अरु पंजाबी गायकहरु । नैनीतालको धारी गाउँका एक किसानका अनुसार जान्नेसुन्नेहरुको भनाइलाई गराइमा परिणत गर्दा अहिले हाइसन्चो भएको छ । किसान विशन जन्तवालले ठूलाबडाले भनेको सुनेका थिए की मानिस बस्ने ठाउँमा जंगली जनावर आउन डराउँछन् । त्यसैले उनले आफ्ना खेतमा लाउड स्पिकर लगाएर गायक हनी सिंहका विभिन्न हिट गीतका साथै अन्य पन्जाबी गायक गायिकाका गितहरु थर्कमान पार्ने गरी बजाइदिए । उनको यो काइदाले काम गर्यो । बाली खान आउने जंगली जनावरहरु खेतबारीमा पस्न आँट गरेनन् । ती किसानको यो काइदालाई अन्य गाउँलेहरुले पनि अपनाउन थालेका छन् । अहिले जंगलको मुखमा रहेका आफ्ना बारीहरुमा किसानहरुले ठूलो आवाजमा गीत बजाउने गरेका कारण गाउँ नै सँगीतमय बनेको छ । नैनीतालमा अहिले जंगली जनावर भगाउन हनी सिंहको गित बजाउने विषय निकै चर्चामा छ ।

Post a Comment

0 Comments