Rasiphal

पौष १३ गतेदेखि पौष १९ गतेसम्मको राशीफल – ज्यो. आचार्य अनिल पोखरेल, भद्रबास–३, काठमाडौँ । सम्पर्क ः ९८४१४७९२३२, ४४५१५५९, बलष्)िवभभखबलज्ञज्ञ२थबजयय।अयm मेष ः दोपाया चौपायाबाट लाभ मिल्ने देखिन्छ । कृषि क्षेत्रको हुनुहुन्छ भने धेरै समय खेतिपातीमा बिताउनु पर्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्ने हुनाले खानपानमा बिचार पु¥याउनु होला, शुक्रबार र शनिबार आकस्मिक लाभ मिल्ने देखिन्छ । वृष ः मनमा चञ्चलता बढ्नेछ । स्वास्थ्यमा धन खर्चनुपर्ने योग रहेको छ । शिक्षा क्षेत्रमा सफलता प्राप्त गर्न मेहेनत गर्नुपर्ला । लामो समयपछि भेटिने साथिभाईको भेटले प्रफुल्लित बन्नुहोला । अध्ययन अध्यापनमा मन जानेछ । सन्तान सुख प्राप्त होला । मिथुन ः मनमा द्विविधा बढ्नाले काम पूरा गर्न कठिन पर्ने योग रहेको देखिन्छ । व्यापार व्यवसायमा वृद्धि हुने योग हुँदाहुँदै पनि कठिनाई नआउला भन्न सकिँदैन । बिहीबार पछिका दिनहरु तपाइँको लागि उपयुक्त रुपमा बित्ने सम्भावना देखिन्छ । स्वास्थ्य सामान्य रहला । कर्कट ः व्यस्ततामा साता बित्नेछ । अध्ययन अद्यापनमा अवरोध आउने देखिन्छ । साँगितिक कार्यक्रममा समय खर्चनुपर्ने योग रहेको छ । आफन्तको सहयोगले काममा सुधार आउने छ । राज्यबाट मान सम्मान प्राप्त गर्न सकिनेछ । सन्तान सुख मिल्ने देखिन्छ । सिंह ः राज्यबाट मानसम्मान प्राप्त गर्न सकिनेछ । बिग्रिएको स्वास्थ्यमा सुधारको योग देखिन्छ । आम्दानी राम्रै गरिनेछ । श्रीमान श्रीमतीबीचको सम्बन्धमा माधुर्यता बढ्नेछ । टाढा भएका आफन्त नजिकिने छन् । कला साहित्यमा रुचि बढ्नेछ । पराक्रम बढ्ने योग रहेको देखिन्छ । कन्या ः पारिवारिक सहयोग राम्रो मिल्ने देखिन्छ । मनमा हर्ष र कार्यमा उत्साह बढ्ने योग रहेको देखिन्छ । बन्न आँटेका काम अर्कैले हात पार्दा खिन्नता छाउन सक्नेछ । तपाइँको मान बढ्ने देखिन्छ । कुरा खाने मान्छे, बढ्ने छन् । स्वास्थ्यमा सामान्य गडबडी होला । तुला ः ज्ञान विज्ञानको क्षेत्रका हुनुहुन्छ भने सफल सप्ताहको रुपमा साता बित्नेछ । आँटेका काममा कडा मेहेनत गर्दा सफलता प्राप्त हुनेछ । मिष्ठान्न भोजनको प्राप्ति हुनेछ । नयाँ ठाउँमा पुगिने योग रहेको छ । नयाँ साथी भेट्ने र मनोरञ्जनमा समय बित्नेछ । वृश्चिकः वैदेशिक यात्राको योग रहेको छ । विदेशबाट धन वा उपहार हात पार्न सकिनेछ । आफन्तको भेटघाटमा समय खर्चनुपर्नेछ । यात्राको योग रहेको छ । लामो यात्राले शरीरमा आलस्यता पैदा गराउन सक्नेछ । बौद्धिक कार्यमा समय खर्चनु पर्ला । स्वास्थ्य राम्रै रहला । धनु ः सामाजिक कार्यक्रमहरुमा समय खर्चनुपर्नेछ । राजनीतिक क्षेत्रमा हुनुहुन्छ भने तनावको सप्ताह रहने देखिन्छ । शिक्षा क्षेत्रमा हुनुहुन्छ भने अनावश्यक आरोपको सामना गर्नुपर्नेछ । स्वास्थ्यमा गडबडी आउन सक्ने हुँदा खानपानमा विचार पु¥याउनुहोला । मकरः वैदेशिक कार्यमा सफलता मिल्ने देखिन्छ । टाढाका साथीभाईबाट कुनै उपहार पाउन सक्नुहुनेछ । नयाँ कामको थालनी गर्न सकिन्छ । पदीय दायित्व थपिनाले काम पूरा गर्न कठिन हुने देखिन्छ । मिष्ठान्न भोजनको प्राप्ति साँगितिक क्षेत्रमा थोरै सफलता मिल्नेछ । कुम्भ ः धर्मकर्ममा मन जानेछ । मान्यजनको आशिर्वाद लिएर काम गर्दा सफलता प्राप्त हुनेछ । लेखन साहित्यको क्षेत्रमा प्रगतिको योग रहेको देखिन्छ । शैक्षिक सफलताको सम्भावना राम्रै देखिन्छ । आँखाको समस्या देखिन सक्छ विचार पु¥याउनु पर्नेछ । मीनः आँटेका काममा सफलता मिल्नेछ । शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ । धार्मिक यात्रामा समय खर्चनु पर्नेछ । मन आनन्दित बन्नेछ । भौतिक सामग्रीको किनबेच हुने देखिन्छ । स्वास्थ्यमा गडबडी हुने भएकाले खानपानमा विचार पु¥याउनु होला ।

Post a Comment

0 Comments