व्रतालुहरु राख्नको लागि समितिले पहल थाले

साँखु÷गत पौष ४ गतेको बसेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको बैठकले आगामी माघ महिनामा व्रत बस्न आउने व्रतालुहरुको लागि सामूहिक बसोबासको व्यवस्था मिलाउन पहल थाल्ने निर्णय गरेको छ । गत बैशाख १२ को महाभूकम्प पछि साँखु बजार ध्वस्त भएको हुँदा सो समितिले स्थान अभावकै कारण व्रत बस्ने नसक्ने देखिएकोले व्रतालुहरुलाई व्रत अवधिभर सामूहिकरुपमा बसोबासको व्यवस्था गर्न लागेको हो । समितिले आगामी माघ ९ गतेदेखि फाल्गुण १० गतेसम्म लाग्ने माघ मेलामा आउने व्रतालु एवं तीर्थटकहरुको सुविधाको लागि आवश्यक स्थानको खोजी गरि व्यवस्थापन गर्ने निर्णय गरेको हो । साथै सो समितिले आगामी माघ महिनाभर आउने पर्यटकहरुको सुविधाको लागि समेत विभिन्न पहल गर्ने निधो गरेको छ । भूकम्पग्रस्त साँखु सहरको दृश्यावलोकन गर्न आउने तिर्थटकहरुको समेत उचित रेखदेख सो समितिले गर्ने भएको छ ।

Post a Comment

0 Comments