शिक्षकहरुलाई लायन्सको तालिम

साँखु÷गत मंसिर १९ गते शनिबार भगवती स्कुलमा विभिन्न स्कूलका शिक्षकहरुलाई कसरी स–साना भाई–बहिनीहरुलाई पढाउने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । उक्त प्रशिक्षणको प्रमुख उद्देश्य भनेको भूकम्प पीडित बालबालिकाहरुलाई के कसरी मैत्रिपूर्ण तरिकाले माया गरि पढाउने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । उक्त प्रशिक्षणको आयोजना लायन्स क्लब अफ साँखु र लायन्स क्लब अफ काठमाडौँ समृद्धिले संयुक्तरुपमा गरेको थियो ।

Post a Comment

0 Comments