सुषमा मेमोरियल ट्रष्टद्वारा ल्याप्रोस्कोपी प्रविधी सुरु

साँखु÷साँखु सलम्बुटारस्थित सुषमा कोईराला मेमोरियल अस्पतालमा ल्याप्रोस्कोपी प्रविधीबाट पित्त थैलीको पत्थरी निकाल्ने सर्जरी सुरुभएको छ । उक्त अस्पतालका मेडिकल डाइरेक्टर जसवन शाक्यका अनुसार यस सर्जरीको सुरुवात गर्नको लागि गत पौष २ गते डा. रोमियो कंसाकारको टोलीले सफल परिक्षण गरिसकेपछि मात्रै सो अस्पतालले यस सम्बन्धी सर्जरी सुरु गर्न लागेको हो । सस्तो एवं सुलभरुपमा यो सेवा सो अस्पतालले सुरु गर्न लागेको हो । स्मरणरहोस् उक्त अस्पतालको प्लाष्टिक सर्जरी युनिट विदेशमा समेत चर्चित भएको छ । सो अस्पतालमा बंगलादेश लगायतका विभिन्न मुलुकहरुबाट समेत पेसेन्ट आउने गरेको छ । उक्त अस्पतालले गत बैशाख १२ को भूकम्पमा परि घाइते भएकाहरुको निःशुल्क उपचार गरि हाड जोर्नीका विभिन्न सेवाहरु समेत जिल्ला जिल्लामा गएर दिएको थियो ।

Post a Comment

0 Comments