प्रकोप व्यवस्थापनको मैत्रीपूर्ण फुटबल

साँखु÷गत पौष ४ गते शनिबार साँखुको सलम्बुटारमा प्रकोप व्यवस्थापन समिति शंखरापुर नगरपालिका वडा नं. १४–१५ को आयोजनामा मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न भएको छ । उक्त मैत्रीपूर्ण खेलमा युनाईटेड स्टार युथ क्लब प्रथम, इन्द्रायणी सुधारमुखी युवा क्लब द्वितीय र इन्द्रायणी स्टार युथ क्लब तृतीय भएका छन् । मैत्रीपूर्ण म्याचमा सहभागीहरुलाई प्रकोप व्यवस्थापन समितिका अध्यक्ष नवराज थापाले प्रमाणपत्र एवं खेलकूद सामग्री हस्तान्तरण गरेका थिए । सो मैत्रीपूर्ण खेलको लागि आवश्यक सहयोग लुथर विश्व फेडरेशनले गरेको थियो । उक्त खेल हेर्न सो संस्थाको तर्फबाट सामाजिक परिचालक आशा खड्काको उपस्थिती रहेको थियो । उक्त खेल हेर्न विभिन्न राजनैतिक दल, सामाजिक संघ संस्थाका प्रतिनिधी एवं खेलप्रेमी दर्शकहरुको घुइँचो लागेको थियो ।

Post a Comment

0 Comments