गजल
इच्छाराम थापा “धडकन”, खुलालटार
भन्नुपर्ने मुटुभित्र धेरै थिए कुराहरु
के भनुँ हृदय कुना बिझेका छन् छुराहरु
काउकुती छ जिन्दगी हाँस्नु खेल्नु कसोगरी
रम्दारम्दै अनायासै फुटेका छन् चुराहरु
गजब लाग्छ नियती ठगिँदो रै छ दुखिया
नभए किन सहज पछि लाग्छन् बुराहरु
विधाताले दिएको छ सीप–कलाको भण्डार
निर्लज्ज होस–बेहोस माग्ने गर्छन् लुराहरु ।।
0 Comments
Thanks for your concerns