नेपाली काँगे्रसको घोषणापत्र सार्वजनिक, सुशील र देउवा निर्वाचन क्षेत्रमै केन्द्रित

साँखु÷आगामी मंसिर ४ मा हुने संविधानसभाको चुनावको लागि शीर्ष नेताहरुको अनुपस्थितीमै महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान श्रेष्ठले संयुक्त रुपमा विमोचन गर्दै नेपाली काँगे्रसको घोषणापत्र सार्वजनिक गरिएको छ ।
यसैबीच नेपाली काँगे्रसले मतदातासँग उम्मेदवारको अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्नथालेको छ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कांग्रेसको विजयलेमात्र मुलुकमा अग्रगामी परिर्वतन ल्याउने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले शुक्रबार मंगलपुरमा गरेको मतदातासँग उम्मेदवार कार्यक्रममा सभापति कोइरालाले देशको विकास र लोकतान्त्रिक संविधान निर्माणका लागि कांग्रेसलाई जित सुनिश्चित गर्न आग्रह गर्नुभएको छ ।
कांग्रेसले बहुमत ल्याए अबको १० बर्षमा मुलुक विकसित राष्ट्र बन्ने समेत बताउनुभयो । उहाँले समयानुकुल विपीको समाजबाद लागु गरेर समाजमा पूर्णत सकारात्मक परिर्वतन गर्ने बताउनुभयो । सात सालदेखि आन्दोलनमा लागेको कांग्रेसकै कारण मुलुक अहिलेको अबस्थासम्म आइपुगेको भन्दै अबपनि विकासको नेतृत्व कांग्रेसलेनै गर्ने बताउनुभयो । चितवनको क्षेत्र नम्बर ४ का उम्मेदवार समेत रहेका कांग्रेस सभापति कोइरालाले चितवनलाई पहिलो प्राथामिकतामा राख्ने बताउनुभयो ।
मतदाताहरुको प्रश्नको जवाफ दिदै उहाँले प्रत्यक्षरुपमा जनताबाट निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री कार्यकारी प्रमुख भएमा तानाशाही बन्नसक्ने भन्दै कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित सम्भव नहुने बताउनुभयो ।
राजा राणाको तानाशाही शासनको सामना गरिसकेका नेपाली जनातालाई फेरी तानासाही शासन मान्य नहुने उहाँको भनाई थियो ।
कार्यक्रममा मतदाताहरुले सडक, स्वास्थ्य खानेपानी सुकुम्बासी समस्या लगायतका जिज्ञाशाहरु राखेका थिए ।
लोकतान्त्रिक संविधानका लागि कांग्रेसः देउवा
नेपाली काँग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवाले लोकतान्त्रिक संविधान निर्माण र कानुनी शासनको लागि कांग्रेसको जित अनिवार्य भएको बताउनुभएको छ । चुनावी अभियानका क्रममा डडेलधुराको मणिलेपमा भएको कार्यक्रममा बरिष्ठ नेता देउवाले कांग्रेसको बहुमत भएमात्र लोकतान्त्रिक संविधान निर्माण हुने बताउनुभएको हो ।
डडेलधुराको क्षेत्र नं. १ का उमेदवार समेत रहनु भएका काँग्रेस बरिष्ठ नेता देउवाले जनतासंग दलहरु डराउनु गरी संविधान निर्माण गर्नुपर्ने व्यवस्था बनाईने बताउनु भएको छ । डडेलधुरामा भएको चुनावी सभामा जनतालाई बलियो बनाउने संविधान बनाउन काँग्रेसलाई भोट दिन आह्वान गर्नुु भयो ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता देउवाले सुदुर पश्चिमेलीहरुले काँग्रेसलाई जिताएमा नयाँ संविधानसंगै विकास ल्याउन पनि आफुलाई सजिलो हुने बताउनु भयो । उहाँले पश्चिम सेतीको विकासका लागि जोडदार पहल भइरहेको बताउनुभयो । उहाँले डडेलधुरामा खानेपानी, सिंचाई, सडक निर्माण र रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।
बरिष्ठ नेता देउवाले मुलुकमा अहिले सम्म भएका सवै विकास निर्माण काँग्रेसले मात्रै गरेको दावी गर्दै अन्य पार्टीहरुले त ध्वस्ता पार्ने काम मात्रै गरेको टिप्पणी गर्नु भयो । चुनावी प्रचारका क्रममा रहनुभएका देउवाले आजै कोटेली, नवदुर्गा, बेलापुर लगाएतका स्थानमा चुनावी सभा गरेको नेपाल प्रेस यूनियनका बरिष्ठ उपाध्यक्ष बद्री सिक्देलले जानकारी गराउनुभयो ।

Post a Comment

0 Comments