बेलायती महारानी एलिजावेथको निधन, चाल्र्स भए नयाँ राजा



२४ भाद्र २०७९, शुक्रवार

बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन

लावण्य/साँखु । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा गत बिहीवार निधन भएको हो । 

७० वर्ष बेलायतको राजकीय सत्ताको नेतृत्व गरेकी एलिजाबेथ द्वितीयको बालमोरल दरबारमा निधन भएको बीबीसीले जनाएको छ ।

उहाँले सन् १९५२ मा सत्तारोहण गर्नुभएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई स्कटल्यान्डस्थित उहाँकै निवासमा चिकित्सकको निगरानीमा राखिएको थियो ।

उहाँको निधनपश्चात् उहाँका जेठो छोरो राजकुमार चाल्र्स लाई नयाँ राजा घोषणा गरिएको छ ।

बर्किङ्घम राजदरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “महारानीको आज दिउँसो बालमोरलमा  शान्तिपूर्ण मृत्यु भयो ।”

Post a Comment

0 Comments