मेष ः
रोमाञ्चक यात्राको योग छ । विपरितलिङ्गीबाट सहयोग पाइनेछ । आय बढ्नेछ । बोलीमा नियन्त्रण राख्नुपर्नेछ । शत्रुपक्षबाट सतर्क रहनुहोला खर्चमा नियन्त्रण राख्नुपर्नेछ । साताको अन्त्यमा पेटसम्बन्धी रोगले पिरोल्न सक्ने हुनाले खानपानमा सतर्कता अपनाउनु वेश हुनेछ ।
वृष ः
अनावश्यक पीर नलिनुहोला । व्यापारमा सुधार आउनेछ । दाजुभाईसँग विवाद हुनसक्ने भएकोले विवाद नगर्दा राम्रो हुने देखिन्छ ।
मिथुन ः
यात्रामा सतर्कता अपनाउनुपर्नेछ । विशेषगरी वाहन चलाउँदा विशेष ध्यान दिनुपर्नेछ । धन कमाउने अवसर प्राप्त हुनेछ । इष्टमित्रजनसँग सामञ्जस्यता अपनाउनुहोला । कार्य सिद्ध हुनेछ । खर्चमा मितव्ययी रहनुहोला ।
कर्कट ः
घरपरिवारमा शान्तिको वातावरण सिर्जना गर्नुहोला । पेटसम्बन्धी रोगहरु सिर्जना हुनसक्ने भएकोले औषधोपचार गराउनुहोला । कार्यहरु विस्तारै पूरा हुनेछ ।
सिंह ः
माता पिताको सहयोग पाइनेछ । शत्रु बढेपनि विजय तपाइँको हुनेछ । विश्वास गरेका साथीहरबाट धोका पाउने योग छ ।
कन्या ः
शत्रुपक्षबाट सतर्क रहनु होला । यात्राको अवसर मिल्नेछ । पत्नीबाट सहयोग पाईनेछ । ग्याष्ट्रिकका रोगीहरुले खानपानमा विशेष सतर्कता अपनाउनुहोला । साताको अन्त्यमा विशेष कुराको प्राप्ति हुनेछ ।
तुला ः
समय मध्यम रहेको छ । कुटुम्बसँगको सम्बन्ध बिग्रिन सक्छ । धार्मिक कार्यमा मन गएतापनि आन्तरिक विश्वासमा गिरावट आउनेछ । गरेको कार्यमा ढिलोमात्र जस प्राप्त हुनेछ । यात्रामा समस्या उत्पन्न हुने, खर्च बढी हुने योग रहेको छ ।
वृश्चिकः
यात्रामा सतर्कता अपनाउनुहोला । भाग्य वृद्धि हुनेछ । काममा आएका बाधाअड्चनहरु हटेर जानेछ । आय बढ्नेछ ।
धनु ः
माङ्गलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । खर्चिलो यात्रा गर्नुपर्ला । सन्तानको सहयोग प्राप्त हुनेछ ।
मकरः
घर परिवारमा कलह हुने योग छ । मन शान्त गर्न पूजा पाठमा लाग्नुहोला । विशेष कूलदेवता पूजा गर्नुहोला ।
कुम्भ ः
अध्ययन अध्यापनमा बाधा उत्पन्न हुनेछ । वैदेशिक यात्रा त्यति फलदायी छैन । शरीरमा चोटपटक लाग्ने सम्भावना देखिन्छ ।
मीनः
ज्ञान र बुद्धि बढ्नेछ । पारिवारिक सुख पाईनेछ । धन आर्जन प्रशस्त हुनेछ । भाग्य बृछिको योग रहेको छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
0 Comments
Thanks for your concerns