२०७९ बैशाख २७ गते
लावण्य/साँखु । साँखुका वरिष्ठ साहित्यकार रमेशमान जोशीको यही बैशाख २५ गते निधन भएको छ ।
साहित्यकार जोशी शंखरापुरको महिमा गान “जय जुईमा” गीतका रचनाकारहुनुहुन्छ । सँस्कृति, सम्पदा र साहित्यमा पु–याएको उहाँको अतुलनीय योगदान साँखुबासीका लागि अविष्मरणीय रहेको छ ।
विभिन्न बिधाहरुमा दख्खल राख्नुहुने वहाँले विशेषगरी चलाखु टोलमा डबली नाटक देखाएको सम्झनेहरु उहाँको बेजोड नाटक लेखनको प्रशंसा गर्न चुकाउँदैनन् ।
उहाँका श्रीमती रुक्मणी जोशीको गत २०७८ कार्तिक १८ गते लक्ष्मीपूजाका दिन उपचारकै क्रममा निधन भएको हो ।
स्वर्गिय जोशीको पार्थिव शरीर पशुपतिको आर्यघाटमा दाहसस्कार गरिएको थियो । उहाँको पार्थिव शरीरमा उहाँका जेष्ठ सुपुत्र निरञ्जन जोशीले दागवत्ति दिनुभएको थियो ।
उहाँको दाहसंस्कारका बेला नेवारी परम्परा अनुसार गुथियार र छरछिमेकहरुको व्यापक उपस्थिति रहेको थियो । उहाँका ३ छोराहरु निरञ्जन, श्रीजन र राजन एवं २ छोरीहरु मीरा र निरा रहेका छन् ।
हामी वरिष्ठ साहित्यकार रमेशमान जोशी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछोँ ।
0 Comments
Thanks for your concerns