माघ २६ गतेदेखि फाल्गुण ३ गतेसम्मको राशीफल

मेष ः
बौद्धिक र पढाइलेखाइको क्षेत्र राम्रो रहेको छ । सन्तान सुख प्राप्त हुनेछ । पत्नीसँग सामान्य खटपट हुनेछ । बोलीको प्रभाव घट्नेछ । पदोन्नति तथा भाग्यवृद्धिको समय रहेको छ । कार्यक्षेत्रबाट अलग वा स्थान परिवर्तन गर्नुपर्ने देखिन्छ ।
वृष ः
तपाइँमा आत्मविश्वासमा केही कमी हुनेछ । मानसिक तनाव बढ्नेछ । कुटुम्बतर्फ राम्रो देखिन्छ । धनसम्पत्ति वृद्धि हुने योग रहेको छ । पढाइलेखाइमा मन नजाने र सन्तानबाट असन्तोष रहने देखिन्छ ।
मिथुन ः
समय मध्यम रहेको छ । कुटुम्बसँगको सम्बन्ध बिग्रिन सक्छ । धार्मिक कार्यमा मन गएतापनि आन्तरिक विश्वासमा गिरावट आउनेछ । गरेको कार्यमा ढिलोमा त्र जस प्राप्त हुनेछ । यात्रामा समस्या उत्पन्न हुने, खर्च बढी हुने योग रहेको छ ।
कर्कट ः
कार्य ढिलो हुने योग छ । शरीरमा आलस्यताले सताउनेछ । वैदेशिक क्षेत्रमा पराक्रम बढ्नेछ । उच्चपदस्थ व्यक्तिहरुबाट सहयोग प्राप्त हुनेछ । दाजुभाइसँगको सम्बन्ध बिग्रिन सक्नेछ । नेतृत्व क्षमतामा वृद्धि र पढाइलेखाइको क्षेत्र सामान्य रहेको छ ।
सिंह ः
समय मध्यम रहेको छ । पराक्रम बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर भएतापनि छोराछोरीसँग खटपट बढ्नेछ । विद्यार्थीको पढाई राम्रो रहनेछ । अत्यधिक परिश्रमले मात्र काम बन्नेछ । यात्रा गर्दा विचार पु¥याउनुहोला ।
कन्या ः
माता पिताको सहयोग पाइनेछ । शत्रु बढेपनि विजय तपाइँको हुनेछ । विश्वास गरेका साथीहरबाट धोका पाउने योग छ ।
तुला ः
धन वृद्धिको योग रहेको छ । कुटुम्बसँगको सम्बन्ध राम्रो रहनेछ । परिश्रम बढ्नेछ । बौद्धिक क्षेत्रमा प्रगति र विकास हुनेछ । शत्रु पराजित हुनेछन् । पेटसँग सम्बन्धित समस्या र आयमा उतार–चढाव आउने देखिन्छ । सयम राम्रो छ ।
वृश्चिकः
दाजुभाईसँगको सम्बन्ध वृद्धि हुनेछ । स्थिर सम्पत्ति जोड्ने अवसर प्राप्त हुने, पढाइलेखाइमा मन नजाने, बोलीको प्रभाव घट्ने, पत्नीसँगको सम्बन्धमा खट्पट् आए तापनि राम्रो हुने देखिन्छ । यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ ।
धनु ः
बौद्धिक क्षेत्र सफल रहेको छ । शत्रुपक्ष कमजोर रहनेछ । व्यापारमा सफलता मिल्नेछ । समय राम्रो रहेको छ ।
मकरः
आर्थिक अवस्था राम्रो भएतापनि खर्चका सयौँ बाटाहरु आइलाग्नेछन् । मानसिक तनाव बढ्नेछ । पत्नीसँगको सम्बन्ध सु्मधुर हुनेछ । व्यापार व्यवसाय र छोटा यात्राहरुको अवसर प्राप्त हुनेछ ।
कुम्भ ः
तपाइँले क्रोधलाई नियन्त्रण गर्नुपर्ने देखिन्छ । बोलीको प्रभाव बढ्नेछ । यात्राको समेत अवसर रहेको छ । ठूला व्यक्तिहरु तपाइँको कामबाट सन्तुष्ट हुनेछन् । समाजमा तपाइँले राम्रो प्रभाव दिनुहुनेछ । घर, जग्गासम्बन्धी समस्या देखिन्छ ।
मीनः
मानसिक तनावले तपाइँलाई सताएपनि शत्रुमाथि तपाइँले विजय प्राप्त गर्नुहुनेछ । बौद्धिक स्तरमा वृद्धि हुनेछ । पैत्रिक सम्पत्ति सम्बन्धी समस्या हटेर जानेछ । आमालाई सामान्य कष्ट हुने देखिन्छ । पेटसम्बन्धी समस्या देखिन सक्छ ।

Post a Comment

0 Comments