मेष ः
रमाइलो यात्राको योग रहेको छ । धन वृद्धि र आकस्मिक धनागम हुनेछ । पराक्रम बढ्ने समय रहेको छ । कुटिल विद्याको प्रयोगले लाभ मिल्नेछ । यश बढेर जानेछ । स्त्री पक्षबाट हानी हुनेछ । खराब मतिले बन्ने काम पनि बिगार्न सक्दछ ।
वृष ः
आँखाको समस्याले दुःख दिनेछ । धार्मिक कार्यमा आर्थिक लगानी हुनेछ । मान बढ्ने योग रहेको छ । अनावश्यक रिसले मन अशान्त बनाउनेछ र बन्न आँटेका काम पनि बिग्रने छन् । बुद्धि बढ्ने छ । सुख प्राप्ती हुनेछ ।
मिथुन ः
मान सम्मानमा घात हुने देखिन्छ । भाग्यमा वृद्धिको योग रहेको देखिन्छ । धन मिल्ने देखिन्छ । साँगितिक क्षेत्रमा समय दिइनेछ । मन शान्ति हुने देखिन्छ । बोलीमा विश्वास गर्नेहरु बढ्नेछन् । पढाईको क्षेत्रमा सफलता ।
कर्कट ः
बुद्धि बढेने योग रहेको छ । सहकर्मीको सहयोगले सुखी बनाउने छ । पराक्रम बढ्ने योग रहेको छ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । राजनैतिक क्षेत्रमा हुनुहुन्छ भने बोलिको प्रभाव विस्तार पर्ने देखिन्छ ।
सिंह ः
सुखद सप्ताह रहेको छ । माताको सहयोग मिल्ने देखिन्छ । विद्याको क्षेत्रमा सफलता । कार्य क्षेत्रमा सहकर्मीको साथ प्राप्त हुनेछ । माया पिरतीले मन आनन्दित बनाउला । रुघाखोकीले स्वास्थ्य गडबड बनाउन सक्नेछ ।
कन्या ः
स्वास्थ्यमा गडबडी, स्वास्थ्य क्षेत्रमा धन खर्चनु पर्ने योग रहेको देखिन्छ । यश बढ्ने र मान वृद्धि हुनेछ । शत्रु बढ्नेछन् । भोजभतेरमा सहभागी होइनेछ । विपरित लिङ्गीको सहयोगले रोकिएका काम पूरा गर्न सकिनेछ ।
तुला ः
आँखाको समस्याले दुःख दिनेछ । सन्तान सुख मिल्ने देखिन्छ । सामुहिक कार्यमा सहभागी होइनेछ । पशुपालनको लगानी वा कृषिजन्य लगानीले राम्रो आम्दानी गराउनेछ । शिक्षा क्षेत्रमा मध्यम समय रहेको छ ।
वृश्चिकः
बोल्दा विचार पु¥याउनु पर्नेछ । आकस्मिक रुपमा आफन्त टाढिन सक्नेछन् । दुर्घटनामा पर्न सकिन्छ । सवारी साधनमा होस पु¥याउनु होला । पढाईको क्षेत्रमा बाधा पर्ने देखिन्छ । पारिवारिक सहयोग खासै नमिल्ला ।
धनु ः
शत्रु पराजय गर्न सकिनेछ । स्वास्थ्यमा सबलता प्राप्त हुने देखिन्छ । खनिज पदार्थको कारोवारी हुनुहुन्छ भने लाभदायक समय रहेको छ । मनोरञ्जनात्मक किसिमका कार्यमा समय बित्नेछ । अध्यात्ममा मन जानेछैन ।
मकरः
शिक्षा क्षेत्रमा राम्रो समय आएको देखिन्छ । सन्तान सुख राम्रो मिल्नेछ । श्रीमान श्रीमती बीचको सम्बन्धमा श्रेष्ठ समय बित्ने देखिन्छ । अनावश्यक धन खर्च हुने देखिन्छ । मिष्ठान्न भोजनको योग रहेको छ । सुखद यात्रा ।
कुम्भ ः
मध्यम खालको समय रहेको छ । पैतृक सम्पत्तिमा सानोतिनो झमेलाको सामना गर्नुपर्ला । बाहन सुख भने रामै्र मिल्ने देखिन्छ । श्रीमतीको इच्छा पूरा गर्नुमा नै भलाई हुनेछ । लामो यात्रा नगर्दा फाइदा हुनेछ ।
मीनः
साँगितिक क्षेत्रको हुनुहुन्छ भने समय राम्रो रहेको देखिन्छ । शिक्षाको मार्गमा भने अनावश्यक झमेलाले सताउने देखिन्छ । पे्रम सम्बन्धमा झमेला आईपर्ने देखिन्छ । लामो यात्राको योग रहेको छ । जसबाट मन प्रसन्न बन्नेछ ।
0 Comments
Thanks for your concerns