मंसिरमा चुनाव हुनसक्छ तयार रहौँ –नीधि
लावण्य/साँखु । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उहाँले कोरोनाको सामना गर्न सरकार सक्षम रहेको बताउनुभयो ।
“हामी कोरोना सामना गर्न सक्षम छौँ, सरकारले थुप्रै विषय कार्यान्वयन गरेको छ, नियन्त्रणका उपाय गर्न तयार र उत्सुक छ, आगामी दिनमा पनि निरन्तर हुन्छ”, उहाँको भन्नुभयो, “सरकारका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैरसरकारी संस्था, गैर आवासीय नेपाली सबैका आआफ्ना ठाउँबाट सङ्गठित प्रयासको खाँचो छ।”
उहाँले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालनामा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । “जनतालाई फेरि पनि सजग गराउन आवश्यक छ । कोरोनाका लागि कुनै पनि तोकिएको औषधि छैन तर पनि जनतामा यो खाएर निको हुन्छ कि भन्ने विश्वास छ, रेम्डिसिभिर नै कोरोनाको औषधि होइन, यसलाई जनतामा बुझाउनुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
अक्सिजनको आपूर्ति तथा उपकरणको उपलब्धतामा सबैको जोड हुनुपर्ने बताउँदै उनले अक्सिजन, औषधिलगायत अत्यावश्यक सामग्रीको जोहो गर्न सरकार गम्भीर भएर लाग्ने दृढता व्यक्त गरे । कोरोना नियन्त्रणका लागि सञ्चालनमा ल्याइएका हटलाइन नम्बरमा फोन नउठ्ने गुनासा बाहिर आएकाले समस्या समाधान तत्काल गर्न आवश्यक जनशक्तिको व्यवस्था गर्न उहाँले निर्देशन दिनुभयो ।
“त्यहाँ पालो लगाएर मान्छे राख्नुस्, देशभरिका अस्पतालसँग, सुरक्षा निकायका प्रमुखसँग समन्वय हुनुपर्छ, आएको गुनासाको उचित सम्बोधन हुनुपर्छ, धेरै लाइन चालू गर्नुपर्छ”, उहाँको प्रष्टोक्ति थियो ।
संक्रमित होम आइसोलेसनमा बस्दा समुदायमा संक्रमण फैलिएको हुन सक्ने तर्फ सरकार सचेत रहेको जनाउँदै उनले होम आइसोलेसनमा बसेका संक्रमितले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले करिब ९२ प्रतिशत संक्रमित होम आइसोलेसनमा छन् ।
कोरोना संक्रमण बढिरहेका बेला जनतालाई अत्यास लाग्ने अभिव्यक्ति कोही कसैले पनि दिन नहुनेमा जोड दिँदै उहाँले नागरिकको उपचार सरकारले गर्ने बताउनुभयो । “हाम्रो स्वास्थ्य प्रणालीमा केही समस्या देखिएका होलान् तर ‘कोल्याप्स’ भएको छैन”, प्रधानमन्त्रीले भन्नुभयो, “समस्या भए समस्या छन् पो भन्नुप¥यो, कोल्याप्स भयो त भन्नुभएन नि !”
कोरोना नियन्त्रण गर्न सरकारले केही गरेर भनेर भन्नु मूर्खता भएको टिप्पणी गर्दै उहाँले एउटा पनि कोरोना परीक्षण गर्ने प्रयोगशाला नभएको मुलुकमा अहिले ८० भन्दा बढी प्रयोगशाला स्थापना भएको बताउनुभयो । “यसबिचमा नेपालको स्वास्थ्य क्षेत्रमा निकै सुधार भएको छ”, उहाँको कथन थियो, “महामारी पहिल्यै थाहा हुने कुरा भएन, अप्रत्याशित महामारीको सामना गर्नुपर्दा केही समस्या हुन सक्छ ।”
प्रधानमन्त्रीको यो ब्रिफिङ पछि केही स्वास्थ्य विशेषज्ञहरुले भने समस्या लुकाएर पार लाईन्न भन्दै समस्या प्रष्ट राख्नुपर्ने बताउनुभयो ।
छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री, सुरक्षा निकायका प्रमुख, विशेषज्ञ चिकित्सक, निजी क्षेत्रका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
मंसिरमा चुनाव हुनसक्छ, तयारीमा लागौं ः उपसभापति निधि
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आम निर्वाचनका लागि तयारी अवस्थामा रहन पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।
नेपाली जनसम्पर्क समिति साउदी अरबको दोस्रो अधिवेशनको शुक्रबार उद्घाटनका अवसरमा भर्चुअल सम्बोधन गर्दै उपसभापति निधिले ढिलोचाँडो चुनाव हुने भन्दै मंसिरमा त्यसको बलियो सम्भावना रहेको बताउनुभयो ।
निर्वाचन आयोगले घोषणा गरेपछिको तयारीले मात्रै नपुग्ने भएकाले अहिलेदेखि नै निर्वाचनको लागि तयार हुनुपर्ने निधिको भनाई थियो ।
गत निर्वाचनमा लोकतन्त्र, संघीयता र समावेशितामा विश्वास नगर्ने कम्युनिष्ट पार्टीलाई जनताले मत दिएका कारण परिवर्तनका ती एजेण्डा धरापमा परेको भन्दै उहाँले आगामी निर्वाचनमा कांग्रेसका पक्षमा मत दिएर ती एजेण्डालाई संस्थागत बनाउनुपर्नेमा जोड दिनुभयो ।
0 Comments
Thanks for your concerns