भात, आलु, चिनी खान नहुने रोग हैन सुगर - रोचक जानकारी



– डा. रूपक भारी

मधुमेह रोग विशेषज्ञ

मान्छेहरूको हल्लाको पछि भाग्ने बानी छ । मैले बिरामीहरूलाई सुगर भएको छ भने पनि खान नहुने केही छैन भन्ने गरेको छ। बोसो, चिल्लो, गुलियो कसैले खान हुँदैन ।

के खानेभन्दा पनि कति खाने भन्ने महत्वपूर्ण हो । सुगर भन्नासाथ चिनी, भात र आलु खान नहुने रोग होइन । हामीले खाएका खानेकुरा पेटमा गएर बन्ने चिनी नै हो । रगतमा चिनीको मात्रा बढी हुनु भनेको चिनी बढी उत्पादन भएको होइन । खाएको खानेकुरा खेर गएको हो ।

डाइबिटिज थाइराइड उपचार केन्द्र कुपण्डोलमा कार्यरत मधुमेह रोग विशेषज्ञ डाक्टर रूपक भारीसँगको कुराकानीमा आधारित, कुराकानीका मुख्य बुँदा यसप्रकार छन् ।

– प्राकृतिक खानेकुरा जे खाँदा पनि हुन्छ । दाल, भात, तरकारी, दूध, दही, मोही, सागसब्जी, मासु र फलफूल जे खाए पनि हुन्छ ।

– सामान्य बुझ्नु पर्ने के हो भने हामीले केही पनि बढी खान भएन । बिरामीहरू मैले चिनी, चामल खाएको छैन । उसिनेको चामल खान्छु भन्नुहुन्छ तर जतिसुकै सुगर प्रेसर बढे पनि रक्सी खान छोड्नु हुन्न ।

– हामी गलत कुराको पछि लाग्छौं । कुनै पनि खानेकुरा एकै पटकमा धेरै खान भएन, पटक पटक गरेर खाने तर धेरै नखाने ।

– हाम्रो देशमा सुगरफ्री चामल, दाल, जुस, मिठाइ र सेलरोटी पाइन्छ । यस्तो किन जरूरी भयो ? एक दिनमा सय ग्राम फलफूल खाँदा केही हुँदैन ।

– सुगर भनेको उसिनेको चामल खानु पर्ने रोग होइन । सुगर भएकाले यो खाने, यो नखाने भनेर छुट्टाएका छौं । त्यो भ्रम हो ।

– एक चम्चा चिनी खाँदैमा केही बिग्रिन्न । होटलमा भस्म खाने, चिल्लो खाने, रक्सी पिउने तर सामान्य दालभात किन नखाने ? सुगरका बिरामी आत्तिन जरूरी छैन । सुगर समाजका हरेक वर्गलाई छ । व्यायाम सबैले गर्न जरूरी छ ।

– आधा घन्टा व्यायाम गर्नुस् भन्यो, फुर्सद छैन भन्छन् । सधैँ हतारमा हुने मान्छेले समयमा काम कहिल्यै गर्दैन ।

– मान्छे अल्छी भयो भने सुगर हुन्छ । सुगर चिनी खाएर लाग्ने रोग होइन । आवश्यकताभन्दा बढी खाने र चाहिनेभन्दा बढी तौल हुनेलाई सुगर हुन्छ ।

– तौल, खाना र व्यायामलाई सन्तुलन मिलाउन सके सुगरबाट बच्न सकिन्छ । चिकित्सकको सल्लाहअनुसार औषधी खानुपर्छ । अनेकथरी जडीबुटीका पछाडि लाग्नु हुँदैन ।

यस्तो गाउँ, जहाँ उल्टो घडी चल्दछ

घडी उल्टो दिशामा चल्ने गाउँ भन्ने सुन्दैमा अनौठो लाग्नसक्ला । हाम्रो छिमेकी मुलुक भारतको एक गाउँमा उल्टो घडी चल्दछ ।

छत्तिसगढस्थित एक आदिवासी गाउँमा घडी विपरीत दिशामा चलाइने गरिएको छ ।

दुनियाँमा घडी बायाँबाट दायाँतर्फ चल्दछ । तर छत्तिसगढको कोरबास्थित आदिवासी शक्तिपीठसँग जोडिएको एक स्थानमा बस्ने गोँड आदिवासी समुदायले प्रयोग गर्ने घडी चाहिँ दायाँबाट बायाँतर्फ चल्ने गरेको छ ।

उक्त गाउँमा हिजोआजबाट मात्र घडी उल्टो चल्न थालेको होइन । जुन समयदेखि घडीको प्रचलन सुरु भयो, त्यहीँ बेलादेखि उल्टो दिशामा चल्ने घडी प्रयोग गरिँदै आएको छ ।

उक्त आदिवासी समुदायका अनुसार उनीहरुको घडी स्वभाविक हो र प्रकृतिको नियमानुसार चल्दछ । उनीहरुले आफ्नो समयको प्रकारलाई गोडवाना टाइम भन्छन् ।

उल्टो घडी हुनुको कारण के होला ? यो गाउँका गाउँलेहरुका अनुसार उनीहरुको घडी पृथ्वीको घुमाइ अनुसार चल्दछ । पृथ्वी पनि दायाँबाट बायाँ चल्ने र सूर्य तथा चन्द्रमाले पनि सोही दिशामा अन्तरीक्षको परिक्रमा गर्नुका साथै रुखमा चढ्ने लहरा पनि दायाँबाट बायाँ दिशामै अघि बढ्ने भएको हुँदा आफुहरुको घडी पनि सोही अनुसारको रहेको दाबी उनीहरुको छ । त्यसैले दुनियाँका अरु सबै घडीहरु उल्टो रहेका र आफूहरुको घडीमात्र सुल्टो रहेको दाबी गाउँलेहरुले गर्ने गरेका छन् ।

यो आदिवासी समुदाय प्रकृति पुजक हो । प्रकृतिको चक्र जुन दिशामा चलिरहेको छ, त्यसविपरीत काम गर्नुहुँदैन भन्ने उनीहरुको मान्यता छ । यो समुदायका १० हजार भन्दा धेरै परिवार रहेका छन् । एजेन्सीको सहयोगमा

वैज्ञानिकले बनाए दुनियाँकै सानो घर

वैज्ञानिकहरु विश्वकै सबैभन्दा सानो घर बनाउन सफल भएका छन् । नानो टेक्नोलोजीको प्रयोग गरी उक्त घर बनाइएको हो । उक्त घरको क्षेत्रफल जम्मा ३ सय वर्ग माइक्रोमिटर छ । स्मरणरहोस् एक माइक्रोमिटर भनेको एक मिलिमिटरको हजार भागको एक भाग मात्र हो ।

उक्त घर बनाउनका लागि प्रयोग गरिएको रोबोटिक प्रणालीले सटिक रुपमा नानो मेटेरियललाई निश्चित ढाँचामा जोड्न सक्दछ ।

जर्नल अफ भ्याकुम साइन्स एण्ड टेक्नोलोजी ए नामक पत्रिकामा उक्त घर निर्माणका विषयमा रिपोर्ट प्रकाशित भएको छ । अनुसन्धानकर्ता आयन गन्सले इलेक्ट्रोन बिम तथा नियन्त्रित रोबोटिक पाइलटिङमा परिवर्तन गरी अप्टिकल सेन्सिंग टेक्नोलोजीलाई अझै उक्तृष्ट बनाएका रिपोर्टमा उल्लेख छ ।

फ्रान्सको फेम्टो एसटी इन्स्टिच्यूटका शोधकर्ताहरुले उक्त भवन बनाउनका लागि नयाँ माइक्रोबोटिक्स प्रणाली तयार गरे । जसबाट उनीहरुले अप्टिकल नानो प्रविधिको विद्यमान सिमाहरुबाट अघि बढ्न सफल भए ।

शोधकर्ताहरुको यो सफलताले जेट इन्जिन तथा रक्तनली जस्ता ठाउँमा पनि रौँ बराबरको सानो अप्टिकल फाइबर पनि राख्न सकिने अपेक्षा जागृत भएको बताइएको छ । एजेन्सी

Post a Comment

0 Comments