गजल


– डा. अमर कार्की, ठेचो, हाल फ्लोरिडा, अमेरिका

समयको खेल सङ्गै आफु रमाउनु पर्छ

बुझेर यसको चाल गोटी चलाउनु पर्छ

रोकिदैन गति यसको अबिरल बगिरहन्छ

यसकै रफ्तारमा आफुलाई बगाउनु पर्छ

बहिरा बन्छन पालो मिची अघि बढ्नेहरु

अब मेरो पालो भनी जोडले कराउनु पर्छ

एकै साथ आउछन निराशा र खुशिहरु 

छाडेर निराशा त्यहीँ खुशि समाउनु पर्छ

बाहिरी दुनियाँबाट मिल्दैन खुशि सधैभरि 

त्यसैले कहिलेकाहीँ आफैमा हराउनु पर्छ

दुख जति सबै लाग्छ आफ्नो सुख पराया

सोचि सम्झि यसलाई आफ्नो बनाउनु पर्छ

सधै कहाँ हुन्छ समय आफुले सोचे जस्तो

कहिलेकाहीँ समय सङ्ग पनि डराउनु पर्छ ।।

Post a Comment

0 Comments