लकडाउना समस्या परेकालाई सहयोग गने कुईकेल तयार


लावण्य÷साँखु । लकडाउनको समयमा विभिन्न समस्याका कारण अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्न आफू तत्पर रहेको पूर्व सांसद एवं संविधानसभा सदस्य दीपक कुईकेलले बताउनुभएको छ ।
उहाँले सो कुरा यही चैत्र १६ गते एक विज्ञप्ती निकालेर बताउनुभएको हो । उहाँले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ–
आदरणीय काठमाडौ क्षेत्र नं २ का दिदिबहिनी दाजुभाइ हरु,
कोरोना भाइरस (कोभिड–१९)ले बिस्वब्यापीरुप लिइ सकेको वर्तमान परिस्थितिमा हामी पनि उच्च जोखिममा छौ । जोखिमलाई कम गर्न देश लकडाउनमा छ । यस अवस्थामा जीवन झन कष्टकर हुदै गएको छ ।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीयतहहरुले सेवालाई  अझ प्रभाकारी, व्यवहारिक र व्यवस्थित गर्नु अत्यावश्यक  भइसकेको  छ ।
यस कठिन घडीमा धर्यतापूर्वक रहि सबैमा मानवीय व्यबहार गर्नु हामी सबैको कर्तव्य रहेकोे छ ।
यस बिषम परिस्थितिमा यहाँहरुकै  साथमा रहि  आवश्यक सेवाका लागि सदैव तयार  रहेकोे जानकारी  गराउदछु । जय नेपाल ।
तपाइँहरुको प्यारो जनप्रतिनिधि
दीपकप्रसाद कुईकेल
संविधानसभा सदस्य
९८५११९४८४५ ९८४१४६४८४५

Post a Comment

0 Comments