माधवनारायण व्रत बस्न चाहने व्रतालुहरुले अग्रिम फाराम भर्न पर्ने !, पौष १२ गतेदेखि १८ गतेसम्म फाराम वितरण हुने



माधवनारायण व्रत बस्न चाहने व्रतालुहरुले अग्रिम फाराम भर्न पर्ने !

९ पौष शनिवार

लावण्य/साँखु । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले व्रतालुहरुको उचित व्यवस्थापनको लागि यही पौष १२ गते देखि १८ गतेसम्म व्रतालुहरुको लागि अग्रिम फाराम खुल्ला गर्ने भएको छ ।

समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार गत वर्षहरुमा के–कति जना व्रतालुहरु थिए भनेर समितिले तत्कालै भन्न नसकिने स्थिति हुन्थ्यो । जसले गर्दा व्रतालुहरुको व्यवस्थापनमा समस्या उत्पन्न हुन्थ्यो । सोही कारण यसपटक अग्रिम फाराम भरी व्रतालुहरुको संख्या यकिन गर्ने र उनीहरुको उचित व्यवस्थापनमा समेत समितिले ध्यान दिने बताउनुभएको छ ।

व्रतालुहरुको नाम संकलन गरिएसँगै उनीहरुको लागि आवश्यक बासस्थान लगायतका विषयमा समेत समितिले सहजीकरण गर्नेछ ।


Post a Comment

0 Comments