सलहबाट सतर्क रहन अपील, शंखरापुर नपाले १ केजी सलहको रु. ५० दिने

Image may contain: nature and outdoor

लावण्य÷साँखु । शंखरापुर नगरपालिकाले यही असार १५ गते एक विज्ञप्ती जारी गरी नेपालमा पसेको सलह काभे्र लगायत काठमाडौँ, भत्तपुर, ललितपुर नजिकको बस्तीमा आईपुगेको भन्दै सतर्क रहन अपील गरेको छ ।
साथै नगरपालिकाले सलह के कसरी नियन्त्रण गर्ने भन्दै एउटा उपायका रुपमा सलह संकलन गरेर वडा कार्यालयमा ल्याउनेलाई १ केजीको रु. ५० का दरले दिने योजना समेत ल्याएको छ ।
नगरपालिकाको पे्रस विज्ञप्ती यस प्रकार रहेको छ–
१) सलह किराको प्रवेश आकस्मिकरुपमा काठमाडौँ उपत्यकामा प्रवेश भैसकेको यसको प्रभाव काठमाडौँ, भक्तपुर र ललितपुर आसपासका क्षेत्रमा पनि देखिएको हुँदा सलह किराको नियन्त्रणका लागि निम्न बमोजिमका उपायहरु अपनाउनु हुन सम्बन्धित सबैमा शंखरापुर नगरपालिका हार्दिक अनुरोध गर्दछ ।
१) यो किरा साँझपख सबै किसिमका बोटविरुवाहरुमा झुण्ड भै बास बस्न सक्ने हुँदा किरा देखिएमा सम्बन्धित स्थानीय तहको कृषि विकास शाखा, सम्बन्धित वडा कार्यालय, कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।
Image may contain: plant, outdoor and nature
२) सलह किरा देखिएमा मालाथियान ३ एमएल १ लि. पानीमा वा क्लोरापाईरिफस नामक विषादी २ एम एल प्रति लिटर पानीमा घोली विषादी किरामा पर्ने गरी स्पे्र गर्नु हुन अनुरोध छ ।
३) साथै सलह किरा संकलन गरी आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रति किलो रु. ५० का दरले प्रोत्साहन स्वरुप रकम उपलब्ध गराइनेछ ।
४) धानबालीको बीउ, तरकारी वाली तथा अन्य वालीहरुको बचावटका लागि झुल वा जालिले छोप्ने र आफ्नो आसपासका क्षेत्रहरुमा ठूलो ध्वनि (थाल, टीन, ड्रम ठटाउने, ठूलो आवाजमा स्पिकर बजाउने) संकलन गरी नष्ट गर्ने, दुईतिर बसेर लामो डोरी समाएर हल्लाउने, धुवाँको प्रयोग गर्ने बचावट गर्ने गर्न अनुरोध गरिन्छ ।
शंखरापुर नगरपालिका
उप प्रमुख
शुक्रलक्ष्मी श्रेष्ठ
Image may contain: 1 person

Post a Comment

0 Comments