पालुङ सहरको इन्द्रायणी माई एक परिचय–२




जंगली राजकुमार प्रधान



पौराणिक नाम चिसापानी इलाका पालुङ सहर
जहा“ अहिलेसम्म पनि ठकुरी राजाको अस्तित्व सा“स्कृतिकरुपमा रहेको छ ।



यसरी महिना दिन बिते । छ महिना वर्ष हुँदै तीन वर्षको हाराहारीमा आइपुग्दा दानवहरुको दूत जासुस पनि देवी इन्द्रायणी कहाँ पुगेछ भनी खोजी नीति गर्दै आउँदा देवी इन्द्रायणी यहीँ देउला गाउँमा बसिरहेको थाहा पाई एउटा साधारण मनुष्यको रुपमा आई इन्द्रायणी देवी समक्ष भनेछ– “देवासुर संग्राममा इन्द्रदेव मारिएछ भन्ने खरब सुनाएर त्यहीँ गाउँको पाखाको कुनामा लुकेर बसेछ । सोही दिनदेखि देवी इन्द्रायणी अलाप विलाप गरी रुन लागे । यसरी इन्द्रायणी रोएको देउला गाउँलेहरुले देखेपछि देउलाहरुले सोधनी गरेछ । हे महामहिम इन्द्रायणी देवी किन, के कारणले परमेश्वरलाई रुन प¥यो । हामीबाट केही कमजोरी हुन गयो कि ? हामीबाट केही बिटुल हुन गएको भए क्षमा गरिदिनु होला । हे ईश्वर, हे देवी माता, के कालिकादेवी, होइन भने हामीले के गर्नु प¥यो आज्ञा होस् प्रभु भनेर स्तुति प्रार्थना गरेपछि इन्द्रायणी देवीले भन्नुभयो । यहाँ गाउँलेहरुबाट केही कमी कमजोरी भएको छैन । आज मलाई कुनै अपरिचित मानिस आएर मेरो पति इन्द्रदेव रणसंग्राममा मारिएको खबर सुनाएर गए । त्यसैले म साह्रै विलापमा परिरहेको छु । संसारमा देवता या मनुष्यहरुको पति परलोक भएमा पत्नी सतिबास जानुपर्ने परम्परा रही आएकोले अब म पनि यस मत्र्यलोकमा रहनुहुन्न । मेरो पति इन्द्रदेवको धर्मपत्नीको नाताले सती जानुपर्छ । त्यसैले मेरा भक्तजनहरुले सती सामानहरु जुराई दिनुहोला ।
भक्तजन देउलाहरुले गहभरी आँसु बगाएर भने– सति सामग्रीहरु के के चीज हो भगवान ? इन्द्रायणी माताले भने– धूप, दीप, लाजा, सिन्दूर, फूल अक्षता नदीको किनारामा दाउराको चाङ लगाई सोला बनाइदिनुप¥यो । देउलाहरु पनि अलाप विलाप गरी रुन लागे । नचाहँदा नचाहँदै पनि उहाँले भने बमोजिम सम्पूर्ण सामग्री तयार गरिदिए । चिता तयार पारेको ठाउँ हाल इन्द्रायणी देवी स्थानको प्राङण मसान लास पोल्ने ठाउँ हो ।
त्यसपछि देउला गाउँबाट इन्द्रायणी देवी र गाउँलेहरु गाउँ नै थर्किने गरी रोई, रोई तल नदितिर झरे र पश्चिमबाट बगिआएको पवित्र तिर्थ त्रिवेणीघाट र शंखमूल घाट भई बगेर आएको नदी र उत्तरबाट बगेर आएको ल्होमाता नदीको संगम स्थलमा पुगेपछि इन्द्रायणी देवी माताले गंगाजीको दर्शन गरी पूरै कपाल फिँजाई लगाएको वस्त्र सहित त्यस घाटमा प्रवेश गरी नुहाई बाहिर आउनुभयो । त्यसै बेलादेखि इन्द्रायणी सति जान नुहाएको हुनाले सो घाटको नाम सतिघाट रहन गएको भन्ने पुराना बुढापाकाहरुको भनाई रहेको छ ।
त्यसपछि देउला भक्तजनहरुले सम्पूर्ण सति सामग्री सहित इन्द्रायणी अघि अघि लागेरदेउला भक्तजनहरुले बाजागाजा बजाई सोलातर्फ लागे । यसै अवस्थामा पालुङ सहरका मानिसहरु र अन्य वरपरका भक्तजनहरु पनि इन्द्रायणी सति जान लागेको हल्ला सुनेर पलभरमै हजारौँ हजार मानिसहरु आइपुगे । सोलामा आगो लगाइसकेका थिए । यस्तैमा अचानक एउटा आकाशवाणी स्वर गुञ्जियो– ‘हे शक्ति स्वरुपाय नमः भगवती जगदम्बे माता, श्री इन्द्रायणी जगत जननी माता हे देवी माता, इन्द्रदेव स्वर्गिय भएको होइन प्रभु । उहाँ त जिवितै हुनुहुन्छ ।’
देवदूतको यस्तो समाचार आकाशवाणीबाट सुनेपछि इन्द्रायणी देवी माता झसङ्ग भए । इन्द्रायणी देवदूतको वाणीले एकातिर हर्ष विभोर भए भने इन्द्र मरेको खबर ल्याउने दानवदूत देखि अति क्रोधले जमिन नै डगमगाउने गरी डग डग डग डग काम्न लागे । बोलचाल केही छैन इन्द्रायणीको रुपरंग बदलिँदै गए । इन्द्रायणी सति जाने सनसनी खबरले पालुङ सहर भित्रका नेवारहरु पनि इन्द्रायणीलाई बास नदिएकोले पछुताउ मानी क्षमा माग्न गएका थिए । साक्षात इन्द्रायणी माई अष्टबाहु भएको देवी देखिँदै जान थाल्यो । शंख, चक्र, गदा, पद्म, त्रिशुल, भाला, तरवार, खड्ग जस्ता हातहतियारले सुजज्जित देवी देखिन थाले । राता राता आँखा पल्टाएर लामो जिब्रो निकालेर अति भयानक मूर्ति अति क्रोधित भए । यस्तै पालुङका आदिवासी नेवारहरुले पनि क्षमायाचना गरी भावभक्तिका साथ हात जोडी भन्न लागे– हे जगदम्बे माता, शान्त रहनुहोस्, हामीहरुको तर्फबाट गल्ती हुन गएकोमा क्षमादान गरिदिनुहवस्, हे माता, हे भगवान, हे दिनबन्धु, हे इन्द्रायणी देवी जगत जननी माता, हामीहरुलाई नाबालक सम्झनु भई जीवन दान प्रदान गर्नु हवस् हे प्रभू भनी सबै देउला भक्तजनहरु र नेवार भक्तजनहरुले साष्टाङ्ग दण्डवत गरी पाउमा ढोगी दिएर भन्न लागे हे माता शान्त रहनुहवस् । हामीले तीन तीन वर्षमा लगातार पाँच पाँच दिनसम्म श्री माता इन्द्रायणी देवताको जात्रा चलाउनेछौँ । हामी दुवै गाउँ मिलेर जलचर, थलचर, पञ्चवली चढाई कोटी होम गर्नेछौँ । माता शान्त रहनु हवस् । यति देउला र नेवार भक्तजनहरुको वचन सुनेर इन्द्रायणी माईले बोल्दै भन्न लागे– हे मेरा भक्तजनहरु तिमीहरुबाट केही गल्ती कमी कमजोरी भएको छैन ।
श्री इन्द्रायणी माई भयंकर रुप बनाई झनै क्रोध गरेर भन्न लागे– मेरा पतिदेव देवराज इन्द्र रणसंग्राम युद्धमा मरिसकेको भनी खबर ल्याउने दानवदूत देखि मलाई अति नै क्रोध चलेको हो । त्यस पापी दानव दूत यतै कतै लुकिछिपी बसेको हुनुपर्दछ । हे मेरा प्यारा भक्तजनहरु त्यस पापी अपराधीलाई जहाँ लुकीछिपी बसेको भएतापनि समातेर ल्याऊ, हात खुट्टा बाँधेर घिसारेर ल्याऊ । यति इन्द्रायणी देवीको वचन सुनेर बबून, हनुमान गुरिल्ला जत्तिकै तागत र बल भएका देउलाहरुले हालको देवी मन्दिरको उत्तरतर्फ दुई पाखाको खोँचमा लुकेर इन्द्रायणी सति गएर भष्म भएको हेर्न चाहने कालो वर्णको भयंकर रुप भएको दानवदूतलाई घेरा बन्दी गरी समाती हातखुट्टा बाँधेर घिसारेर ल्याई श्री देवी इन्द्रायणीदेवी समक्ष राखिदिए । त्यो कालो पहिरन भयंकर रुप भएको दानवदूत देखेपछि इन्द्रायणी देवी झनै क्रोधित भएर भन्न लागे– हे पापी अपराधी दानवदूत– तैँले म चिताको अग्निमा सति गएर भष्म भएको हेर्न चाहन्थे र सो कुरा मेरो पतिदेव इन्द्रदेवलाई सुनाएर इन्द्रदेवको आत्मा ग्लानी पारेर आत्महत्या गर्न विवश बनाउन चाहन्थे हैन ? अब हेर को भष्म खरानी हुने भो । यत्तिकैमा चिताको आगो चारैतिर दन्किसकेको थियो । इन्द्रायणी देवीले राता राता आँखा पल्टाएर अति क्रोध भावले भनिन् । हे मेरा प्यारा भक्तजनहरु यस पापी दानवदूतलाई अझै हातखुट्टा कसेर यस जलिरहेको अग्निको ज्वालामा घिसारेर तिनफेर घुमाई अग्निको ज्वालामा हाली भष्म खरानी पारिदेओ । देउला भक्तजनहरुले पनि इन्द्रायणी माताले भने बमोजिम त्यस दुष्टलाई बाँधेर दन्किरहेको चितामा होम गरिदिए ।
पापी दानवदूत अग्निको ज्वालामा छटपटाउँद ै भष्म हुँदै गए । चिताको धुवाँ आकाशतिर मडारिँदै उडे । त्यसै धुवाँको धूप स्वरुप बास्ना लिँदै इन्द्रायणी शान्त भएर अष्टबाहु सहित प्रत्यक्ष रुपमा आफ्ना विश्वासिलो तीनजना देउलाहरुलाई दायाँबायाँ राखी हंस स्वरुप भएर आफू सति जान जुन बाटो आउनुभएका थिए सोही बाटो विस्तारै उडेर आफ्नो माइतीघर द्यःछेँ जानुभयो । सबै दर्शकहरुले देख्ने गरी जानुभयो । भक्तजन देउलाहरु र नेवार भक्तजनहरु एवं अन्य दर्शक महानुभावहरुले हर्ष र विस्मात मान्दै इन्द्रायणी माइकी जय, श्री कालिका माईकी जय, यसरी जय जयकार मनाई आ–आफ्नो घरतिर लागे । त्यस ठाउँमा श्री इन्द्रायणी देवीको शिला मूर्ति मात्र रहे ।
क्रमशः ........
(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)

Post a Comment

0 Comments