प्रकाशमान सक्व
वलिराजाको इच्छाअनुसार त्रिलोकपति भगवान विष्णु पातालमा द्वारपाल बन्न पुग्नुभयो । बैकुण्ठपुरीमा भगवती लक्ष्मीलाई साह्रै नरमाईलो लागेको महसुस भएपछि आफ्ना सहेलीहरु जया विजयाहरु सहित भई सबैले भेष बदलेर पाताल पुरीका वलिराजाको सेवा गरिन् । लक्ष्मीको बास पातालपुरीमा भएकोले पातालपुरी बासी सबैको सुख शान्ति, धनधान्यले भरीपूर्ण भएको देखेर वलीराजा आफ्ना सेविका लक्ष्मी देखि खुसी भई बहिनी बनाएर दरवारमा रहने अनुमति दियो ।
लक्ष्मीको आगमनपछि लक्ष्मीनारायण सहितको बैकुण्ठपुरीको जस्तै शोभा भएर वलिराजाको दरवार जाज्वल्यमान भएर सम्पूर्ण लक्षणले परिपूर्ण भयो । वलिराजा खुशी भएको मौका पारी भगवती लक्ष्मीले वलिराजालाई भाई मानेर हातको नाडीमा डोरो अर्थात राखी बाँधिदिईन् । दिदीले राखी बाँधेको खुशियालीमा वलीराजाले लक्ष्मीलाई वरमाग्न अनुरोध गर्दा ढोकामा पाले भएर बसेको द्वारपाललाई बन्धनमुक्त गरिदिन आग्रह गरिन् । वलिराजाले अन्तमा आफ्नी दिदी मानेकी सेविका भगवती लक्ष्मी वैकुण्ठका स्वामिनी भएको थाहा पाएर राज्यमा सदासर्वदा सहकाल भई पातालपुरीका सम्पूर्ण नागरिकहरुलाई सुखी र सम्पन्न तुल्याईराख्ने उद्देश्यले भगवती लक्ष्मीलाई मत्र्यमण्डलमा गई सातघरबाट अन्न, रोटी, भेटी, फूलप्रसाद, लुगाकपडा आदि मागेर ल्याउन अह्राए । भगवती लक्ष्मीले पनि आफ्ना सखी जया विजया सहित भई मत्र्यमण्डलमा गई सातघरमा भैलो र द्यौसी खेलेर मनुष्यगणहरुबाट श्रद्धाभक्तिका साथ दिएको अन्न, फलफूल, रोटी, भेटी, कपडा आदि लिएर वलिराजालाई बुझाईन् । वलिराजाले भगवती लक्ष्मीले मागेर ल्याएको सम्पूर्ण सामग्रीलाई राजढुकुटीमा राखेर सधैँ पूजा अर्चना गरेको फलस्वरुप दिन दुगुना रात चौगुना अन्न धन सम्पत्तिले पातालपुरी भरिपूर्ण भएर सुखी सम्पन्न भए ।
भगवती लक्ष्मीले मागेका द्वारपाल भगवान विष्णु बन्धनबाट मुक्त गरी वलिरराजाले लक्ष्मी नारायणसहित जय विजय र जया विजया गणहरुको समेत भक्ति र श्रद्धापूर्वक क्षमा पूजा गरी भगवान विष्णु सहित लक्ष्मीसँग क्षमा मागे । भगवती लक्ष्मीले आफ्नो ब्रम्हाण्ड पतिलाई पाएर खुसी भई वलिराजालाई भाई पूजा गरिन् । त्यस्तै दिदीको आशिर्वाद थापेर वलिराजाले आफूलाई चन्द्र सूर्य रहेसम्म किर्त रहिरहोस् भनि लक्ष्मीनारायणको वर प्रसाद पाएर धन्य भईरहेछ । त्यसकारण आजसम्म वलिराजाको नाम ब्रम्हाण्डमा अमर रहेको पाईन्छ । रक्षाबन्धनमा डोरो बाँध्दा पण्डितले पढ्ने मन्त्रमा “वलिराजाको नाम सहित दानवहरुको इन्द्र भनि यसप्रकार श्लोक बनाईएको पाईन्छ ।
येन वद्धो वलिराजा दानवेन्द्रो महावल ।।
तेन त्वामभि बन्धामि रक्षमाः चलमाःचल ।।
सत्ययुगको पौराणिक यस कथा अनुसार आषाढ शुक्ल एकादशी देखि वैकुण्ठबासी भगवान नारायण विष्णुले त्यसबेला पातालपुरी सवारी भई वलिराजाको द्वारपाल भई बसेका थिए । त्यस पछि भगवती लक्ष्मीले पनि जया विजया सहित पातालपुरीमा गई वलिराजाको सेवा गर्दै श्रावण शुक्ल पक्ष पूर्णिमाका दिन ऋषी तर्पणीमा वलिराजालाई रक्षाबन्धन बाँधिदिईन् । त्यसपछिका पावन पर्व हरितालिका तीज व्रत बस्दै ऋषीहरुको पूजन गरिन् । त्यत्तिबेला ऋषीपञ्चमीका दिन कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नी र वशिष्ठ गरि सातजना ऋषीहरुको पूजा गरिन् । त्यसरी सप्तर्षीहरुको पूजा गरेको देखेर खुसी भई अरुन्धतीले छिट्टै मनको इच्छा पूरा हुने वरदान पनि पाईन् । त्यसबेलादेखि सप्तर्र्षीको संस्कृत श्लोक पढ्दा (अरुन्धती) समेतको नाम जाडिन गएको पाइन्छ ।
कश्यपोऽत्री भरद्वाजो विश्वामित्रोऽथ गौतम ।।
जमदग्नीर्वसिष्ठस्वः साध्वी चैवाव्यरुन्धती ।।
यसरी पौराणिक पक्षलाई अनुसरण गरि तिहारमा लक्ष्मीपूजाको राति जया विजया स्वरपमा गाउँका दिदीवहिनीहरु सहित आउने भैलिनीहरु साक्षात् लक्ष्मी र जया विजया भएको विश्वास गरि सक्दो दान गर्ने प्रचलन चल्यो । साथै भैलिनीहरुले पनि “हामी त्यसै आएनौँ वलिराजाले पठाएको” भन्ने बाक्य परापूर्वकालदेखिको बाक्य सत्य मानिन्छन् । त्यस्तै जय विजय सहितको कुमार केटाहरु मात्रको टोलीले द्यौसी खेल्छन् । भैलिनी र द्र्यौसी टोलीको आशिर्वादले सधैँ सुख शान्ति घरमा छाउँदछन् भन्ने विश्वास गरिन्छन् । लक्ष्मीले वलिराजालाई भाई पूजा गरेको प्रतिक र सम्झनास्वरुप भाईटिका प्रचलन भएको विश्वास गर्दछन् ।
आषाढ शुक्ल एकादशीमा भगवान विष्णु पाताल प्रवेश गरेकोले वहाँको प्रतिक तुलसीपूजन गर्दछन् । तुलसी त्यस्तो बोट हो जुन कहिल्यै किरा नलाग्ने र माटोले नकुहाउने वनस्पती हो साथै त्यसको बासनाले औषधीको काम गर्दछन् । हरिशयनी एकादशीमा तुलसी रोप्ने कार्य गर्दछन् भने हरिबोधनी एकादशीमा तुलसी पूजा बिसर्जन गरिन्छन् । त्यस चार महिनाभित्रका अन्य एकादशीहरुको नाम यस प्रकार छन् । कामिका एकादशी÷पुत्रदा एकादशी÷अजा एकादशी÷हरिपरिवर्तिनी एकादशी÷इन्दिरा एकादशी÷पापांकुशा एकादशी र रमा एकादशी ।
यमलोकका अधिपति यमराज र यमुनाको कथा प्रशंग अनुसार यमपञ्चक सुरु भएको कारण काग पूजा, कुकुर पूजा, गाई पूजा, गोरुपूजा र भाई पूजा भएको पनि मानिन्छन् । अस्तु ।।
(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)
0 Comments
Thanks for your concerns