तन्नेरीहरु वर्षायाममा भिज्दा किन रमाउँछन् ?
वर्षा याममा पर्ने पानीको थोपाले गर्मीबाट मात्र राहत दिँदैन, यसले मुटुको तारलाई समेत छेड्छ । एउटा नयाँ अनुसन्धानअनुसार वर्षायाममा पर्ने पानीको थोपा माटोमा झर्दा आउने एक प्रकारको अनौठो बास्नाले मनमस्तिष्कमा एउटा अनौठो रोमान्टिक अनुभूति उत्पन्न गर्छ ।
युनिभर्सिटी अफ पिटसबर्गका अनुसन्धानकर्ताहरूका अनुसार माटोमा वर्षाको पानीको थोपा पर्दा एउटा अनौठो बास्ना फैलन्छ । यो बास्ना मस्तिष्कको न्युरोन्सको सम्पर्कमा आएर मस्तिष्कलाई रोमान्टिक अनुभूति दिलाउँछ । बास्नाले मस्तिष्कलाई सकारात्मक सोचाइमा प्रेरित गर्छ ।
यसअघि युनिभर्सिटी अफ लन्डनका अनुसन्धानकर्ताले गर्मीयाममा निस्कने पसिनाले शरीरबाट दुर्गन्ध निस्कने भएपनि वर्षको समय यस्तो नहुने पत्ता लगाएका थिए । वर्षायाममा शरीरबाट निस्कने पसिनाले दुर्गन्ध हैन, आनन्ददायी बास्ना दिन्छ ।
निद्रा कम भएमा स्मरणशक्ति ह्रास हुने !
छिन्छन्को सुताइबाट निद्रा पूरा गर्ने प्रयास गर्नु स्वास्थ्का लागि हानिकारक हुने तथ्य सार्वजनिक भएको छ । एक अनुसन्धान नतिजाले देखाएअनुसार यस्तो सुताइले स्मरण शक्तिलाई कमजोर पार्छ जसले गर्दा डिमेन्सियाको खतरा बढी रहन्छ ।
स्टेनफोर्ड विश्वविद्यालयद्वारा गराइएको उक्त अनसन्धिानपछि यसका प्रमुख डा.लुइस डेलेका अनुसार गहिरो निद्राले स्वास्थ्यमा धेरै महत्व राख्छ र यसको अभावमा एल्जाइमर र उमेरजन्य विभिन्न रोग लाग्न सक्छन् । मुसामा गरिएको परीक्षणमा उक्त निष्कर्ष निस्केको हो । निद्रामा बाधा आएपछि मुसालाई दैनन्दिनका बस्तु चिन्नसमेत मुस्किल परेको पाइयो । उक्त अनुसन्धान सामान्यभन्दा कम निद्रा वा कम गहिरो निद्रा नभई छिन्छन्को निद्रामा अध्ययन गरिएको थियो ।
अनुसन्धानकर्ताले अध्ययनमा निद्रा र ब्युझिँदाको समयमा मस्तिष्कमा हुने एक प्रकारको प्रयासलाई लक्षित गरी निद्राको समय मुसाको मस्तिष्कमा सीधा प्रकाशको तरङ्ग पठाएका थिए ।
धुमपान गर्नेसँग सुत्नु पनि हानिकारक
धुमपान गर्ने अम्मली आमाबुबासँग सुत्नु बालबालिकाका लागि हितकर हुँदैन । उनीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्छ । यस्ता बालबालिकामा निकोटिनको स्तर ती बालबालिकाको दाँजोमा तीन गुणा बढी हुन्छ । जो धुमपान गर्ने आमाबाबुबाट अलग अर्कै कोठामा सुत्छन् । अनुसन्धानकर्ता अनुसार झ्याल ढोका खुलै राखेर कोठालाई हावादार बनाउँदा पनि अम्मली आमाबुबासँग सुत्ने बालबालिका सम्भावित असरबाट जोगिन सक्दैनन् यो अनुसन्धानमा संलग्न ग्वाडलुप आर्टेजालका विकासशील देशमा बालबालिकाको मृत्युदरको एउटा ठूलो कारण अर्काको धुमपानले उनीहरूमा पर्ने असर हो ।
हाम्रो अनुसन्धानले सानो उमेरमा बालबालिकामा पर्ने तमाखुको असर कति भयानक हुन्छ भन्ने दर्शाउ ू छ । उक्त अनुसन्धानमा स्पेनको काटालुनियाका ९६ प्राथमिक स्वास्थ्यकेन्द्रलाई सामेल गरियो । अनुसन्धानकर्ताहरूले १८ महिनाभन्दा कम उमेरका १ हजार १ सय २३ बालबालिकाको अभिभावकसँग कुराकानी गरे । ती अभिभावक जोडीमध्ये कम्तिमा एकजनाले धुमपान गर्थे । वैज्ञानिकहरूले दुई सय ५२ बालबालिकाको कपालको नमुना लिएर त्यसमा निकोटिनको स्तर परीक्षण गरे । करिब ८३ प्रतिशत नमुनामा निकोटिनको स्तर धेरै बढी पाइयो । अनुसन्धानअन्तर्गत करिब ७३ प्रतिशत अभिभावकले आफुहरू घरमै धुमपान गर्ने स्वीकार गरेका थिए ।
0 Comments
Thanks for your concerns