साँखु÷गत हप्ता शंखरापुर नगरपालिकाको आयोजनामा ५ दिने भूकम्प प्रतिरोधी घर बनाउने सम्बन्धी तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रम असार २० गतेदेखि २४ गते सम्म सञ्चालन भएको हो ।
उक्त तालिममा कूल ३२ जनाको सहभागिता थियो भने सो तालिममा प्रत्येक वडाबाट २÷२ जना डकर्मी सम्बन्धी ज्ञान भएकालाई तालिम दिइएको थियो । सो तालिममा लोड भेटिङ वाल सिस्टम, पिलर सिस्टम आदिबारे जानकारी गराईएको थियो ।
उक्त तालिमबाट प्राप्त ज्ञान सम्बन्धी नमूना हेर्नको लागि नारायण चोकमा प्रदर्शनीको लागि डण्डी बाँधिएको र ढलान गरिएको केही भाग राखिएको छ । यस अघि १ दिने जानकारीमूलक कार्यक्रम समेत गरिसकिएको छ ।
0 Comments
Thanks for your concerns