यौन चर्चा – प्रस्तुति– नविना राई - सही यौन ज्ञान

यौन सुखको अभाव वा पति पत्नीबीच यौन सुख आदान(प्रदान असफलताको एक मात्र कारण यौनीक्रिया सम्बन्धी सही तरिकाको ज्ञान नहुनु नै हो । स्त्री र पुरुषको शारीरिक तथा क्रमैसँगै आत्मामिलनलाई सम्भोग सहवास वा रति भनिन्छ । सम्भोगको केन्द्र विन्दु शारीरिक मिलनको यही क्रिया हो । स्त्री पुरुषको जोडिले यस शारीरिक मिलनका फलस्वरुप एक अर्कालाई कति बढी यौन सुख दिन सक्षम हुन्छन्, यो कुरा सम्भोगको तरिकाको ज्ञानमा नै निर्भर हुन्छ । सम्भोग आनन्द प्रकृतिको बहुमूल्य वरदान हो । मानव जीवनमाथि भएझैं यौन सुखमाथि पनि प्रकृतिको पूर्ण नियन्त्रण हुने गरेको छ । हामी धेरै जसो के देख्छौं भने सबै स्त्री पुरुषमा सम्भोगप्रति समान आकर्षण हुँदैन । सम्भोग सुखप्रति कसैमा बढी आकर्षण हुन्छ भने कसैमा घटी हुन्छ अर्थात् कुनै पनि व्यक्ति सेक्सी हुन्छ, कोही निकै बढी र कोही कम वा निकै कम सेक्सी हुन्छ । सम्भोग आनन्द प्राप्त गर्नका लागि स्त्री र पुरुष दुवैमा यसप्रति रुचि आवश्यक छ, किनभने दुवैले मिलेर सम्भोग क्रिया र सञ्चालन गर्नु पर्छ । यी दुवै मध्ये कुनै एकको अरुचि वा अनिच्छाले सम्पूर्ण खेल भताभुंग पार्न सक्छ । खेल बिग्रिएमा यौन आनन्द केवल कल्पनामा सीमित हुन पुग्छ । हामी धेरै जसो सम्भोग क्रिया विग्रेकै भेटाउँछौं । यसको मुख्य कारण यौनक्रियाप्रति स्त्री पुरुषबीचको असमझदारी र मतान्तर नै हो । सामान्यतयाः यौनक्रियाप्रति जति उत्तेजना वा कामना पुरुषमा हुन्छ त्यति स्त्रीमा हुँदैन । स्त्री पुरुषको सम्भोग क्रियामा बराबरको रुची तथा प्रयास आवश्यक छ, यसको अभाव भयो भने सम्भोगको वास्तविक आनन्द प्राप्त हुँदैन जसको परिणाम स्वरुप उनीहरुको तिर्खा मेटिनको साटो झन् बढ्न पुग्छ । स्त्री र पुरुषमा सम्भोगप्रति तीव्रता, समान इच्छा र शारीरिक तथा मानसिक रुपमा समान किसिमले यौन सुख, आदान(प्रदान गर्न सकिएमा सम्भोग आनन्दको यो तृष्णा मेटाउन सकिन्छ । यसका लागि प्राकृतिक देनको भरमै बस्नु राम्रो हुँदैन । सम्भोगको यस प्रभावलाई विभिन्न उपायद्वारा यौन सहभागीको समान, अनुरुप र अनुकूल बनाउनु आवश्यक हुन्छ । सम्भोग आनन्दका रहस्यहरुको समुचित जानकारी नहुनु पनि यसबाट बञ्चित हुनुको प्रमुख कारण मध्ये एक हो । विवाह हुनु पूर्व युवा युवतीहरुको अवस्था प्रायः दुई किसिमको हुने गर्दछ । उनीहरुलाई यौन शिक्षा एवं मार्गदर्शन प्राप्त नहुँदा यौनका सम्बन्धमा उनीहरु पूर्ण अनभिज्ञ रहेरै वैवाहिक जीवनमा प्रवेश गर्छन् । यस अवस्थाको प्रभाव उनीहरुको वैवाहिक जीवनमा प्रतिकूल नै पर्दछ । विवाहपूर्व युवक युवतीलाई यताउताबाट अपुरो, अपरिपक्व यौन ज्ञान प्राप्त हुन्छ र यसैको भरमा उनीहरु यौन जीवनको सुरुआत गर्छन् । उनीहरुको वैवाहिक जीवनमा यसको असर पनि प्रतिकूल नै पर्छ । कैयन पटक त अपेक्षाकृत दुखद् परिणाम देखिन्छ, किनभने विवाहपूर्व यताउताबाट प्राप्त यौन ज्ञान वैज्ञानिक नभएर अनेकौ भ्रमपूर्ण अवधारणामा आधारित हुन्छन् । यसबाट सम्भोग आनन्द प्राप्त हुनुको साटो कठिनाई उत्पन्न हुने गर्छ । यस सन्दर्भमा यौन आनन्द पाउनको लागि भौंतारिरहेको केही युवा युवतीको उदाहरण प्रस्तुत गर्दैछु । यिनीहरु यौन परामर्शका क्रममा मेरो सम्पर्कको आएका थिए । युवक युवतीको एक जोडी विवाह बन्धनमा बाँधियो । आश्चर्यको कुरा के छ भने वास्तविक सम्भोग गर्ने योनी कहाँ छ र त्यसमा लिंग प्रवेश गर्नेबारे युवकलाई अन्योल थियो । एक युवक सुहागरातमा योनी भित्र लिंग गराउनु पूर्व नै स्खलित भएर शिथिल भएपछि संकोचको कारण धेरै दिनसम्म घरबाट बाहिर बस्न गए उनले आफूलाई नपुंसक नै ठान्न थालेका थिए । एक युवकले सुहागरातमै आफ्नी पत्नीको कौमार्यप्रति शंका व्यक्त गरे किनभने उनकी पत्नीको योनीमा कौमार्यजाली थिएन । उनको धारणा अनुसार योनीभित्र लिंग प्रवेश गर्दा जाली फुट्नु पथ्र्यो र रक्तस्राव हुन् पर्दथ्यो । एउटी नयाँ दुलही सुहागरातको भोलिपल्ट माइती आएका थिइन् । उनले आफ्ना पतिलाई घृणा गर्दथिन् किनभने पहिलो मिलनमै उनका पतिले सम्भोगको नाममा उनीसँग बलात्कार गरेका थिए, यो उनको विचार थियो । यस्ता कैयन उदाहरण हामी दिनहुँ देख्न सक्छौं । यसको गहिराईमा एउटै यथार्थ हुन्छ पति पत्नीले एक अर्कालाई यौन सुख दिन सक्तैनन् । परिणाम स्वरुप दुवैको यौन जीवन वितृष्णा र कटुता उत्पन्न हुन्छ । यस वितृष्णा र कटुतालाई उचित समयमा उपयुक्त उपायद्वारा समाप्त पार्न नसकिएमा जीवनै विषालु बन्न पुग्छ । यौन सुख होस् वा अन्य सुखीकै प्रश्न होस् यिनीहरु स्वतः प्राप्त हुँदैनन् । यिनीहरुलाई प्राप्त गर्ने उपाय तथा साधनहरुको आवश्यकता पर्दछ । यसका लागि समुचित ज्ञान, विवेक, विश्वास र परिश्रम चाहिन्छ । सही जानकारी तथा कायदाद्वारा नै आवश्यकताको पूर्ति सम्भव छ । (प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments