पाठक प्रतिक्रिया

पुननिर्माण कि पुनःनिर्माण कि पुनर्निर्माण श्रीमान् सम्पादकज्यू, गत बैशाख १२ गते गएको महाभूकम्पपछि नेपालका अति प्रभावित १४ जिल्लामा भत्केका घर, मठ मन्दिर, भवन, पाटी पौवा, विद्यालय तथा अन्य संरचनाहरुको पुनर्निर्माण बारे वृहत चर्चा परिचर्चा भैरहेको र स्वाभाविकरुपमा यस विषयमा पत्रपत्रिकामा टिका टिप्पणीहरु भैरहेका छन् । तर “पुनर्निर्माण” शव्दलाई कतै पुननिर्माण त कतै पुनःनिर्माण भनि अशुद्ध लेखिएका थुपै्र ठाउँमा भेटिन्छन् । यही मिति ०७२÷१०÷२९ मा सक्व (साँखु) पुनर्निर्माण समाजबाट पे्रसित एक निमन्त्रणा पत्रमा पनि पुननिर्माण समाज भनि अशुद्ध छापिएको देखियो । संस्कृत व्याघरण लघुसिद्धान्त कौमुदी अनुसार “पुनर्निर्माण” शव्द नै शुद्ध भएको कुरा यहाँ उल्लेख गर्न चाहन्छु । पुनर्निर्माण शव्द “पुनर” र “निर्माण” दुई शव्दको संयोगबाट बनेको हो । लघु सिद्धान्तकोएक सूत्र अनुसार पुनर शव्दको “र” को पछाडि स्वर प्रत्यय (ख फ छ ठ थ च ट त क प श ष स) आयो भने “र” को स्थानमा बिसर्ग (ः) हुन्छ । जस्तै ः १) पुनर ं स्थापना . पुनःस्थापना, २) पुनर ं स्मृति . पुनःस्मृति, ३) पुनर ं परीक्षण . पुनःपरीक्षण, ४) पुनर ं परीक्षा . पुनःपरीक्षा आदि । तर पुनर शव्दको “र” को पछाडि कुनै स्वर वर्ण ९ख्यधभ०ि आएमा अच सन्धी अनुसार सन्धी भएर रकार नै रहन्छ भने “र” को पछाडि अरु व्यञ्जन वर्ण (ऋयलकयलबलत) आएमा “र” को रेफ हुन्छ । जस्तै ः १) पुनर ं आगमन . पुनरागमन, २) पुनर ं उत्थान . पुनरुत्थान, ३) पुनर ं आधार . पुनराधार, ४) पुनर ं उद्धार . पुनरुद्धार, पुनर ं अवलोकन . पुनरावलोकन, पुनर ं आवेदन . पुनरावेदन र १) पुनर ं जिवन . पुनर्जिवन, २) पुनर ं नियुक्ति . पुनर्नियुक्ति, ३) पुनर ं जागरण . पुनर्जागरण, ४) पुनर ं निर्माण . पुनर्निर्माण आदि । त्यसकारण अबदेखि विश्वप्रशिद्ध संस्कृत व्याकरणविद् पाणिनीद्वारा प्रतिपादित व्याकरणको नियमा अनुसार (पुनर ं निर्माण) लाई पुनर्निर्माण लेख्ने पढ्ने गरौँ । भाषाको शुद्धतालाई जोगाऔँ । “पुननिर्माण” र “पुनःनिर्माण” दुवै गलत छन् र “पुनर्निर्माण” नै शुद्ध हो । ई. राजदास श्रेष्ठ, सक्व, (०७२।१०।२९)

Post a Comment

0 Comments