रोग कीरा नियन्त्रणको लागि स्थानीय प्रविधी – प्रस्तुति– सत्यनारायण श्रेष्ठ

१. खुर्सानीको धूलो बालीनाली विशेष गरि तरकारी बालीमा छर्कनाले खुर्सानीको पुतली, काँक्रा, फर्सीको खपटे, लाही, पात खन्ने कीरा, ढुसी आदिको नियन्त्रण भएको पाईको छ । २. १ किलो काटेको प्याजमा आधा लिटर उमालेको पानी मिसाई बनाएको झोललाई १५ लिटर पानीमा मिसाई हरेक १० दिनमा छर्नाले कत्ले कीरा, थ्रिप्स, लाही र माईटलाई नियन्त्रण गर्न सकिन्छ । ३. ४ पोटी लसुन, ३ मुठी सयपत्री फूलको पात, ४ वटा प्याजको गानो र ४ वटा पिरो खुर्सानी एकै ठाउँमा मसिनो गरी पिस्ने र १ लिटर पानीमा १५ मिनेटसम्म उमालेर चिसो गराउने । यसरी तयार गरिएको मिश्रणमा ३ भाग पानी मिसाई छर्नाले बालीमा लाग्ने सबै प्रकारका कीरा मर्छन् । ४. गोलभेडाको पातलाई तातोपानीमा भिजाउने र भिजाएको पातलाई निचोरेर आएको रस छर्नाले तरकारीमा लाग्ने बन्दा र आलुका पुतली मर्छन् । ५. एक भाग गौमूत्रमा ५ भाग पानी थपी तयार भएको प्रतिलिटर घोलमा ५ ग्राम सुर्तीको धूलो थपेर घोल तयार गर्नुपर्छ । यस प्रकारको १०० मि.लि.को घोल प्रतिबोटको फेदको माटोमा उपचार गर्दा आलुबाली नोक्सान गर्ने रातो कमिलाको प्रकोप घटाउन सकिन्छ । आलुबालीमा आलुको गेडा लाग्न सुरु हुनासाथ पहिलोपटक र पहिलोपटक उपचार गरिएको ३० दिन पछि पुनः दोस्रोपटक उपचार गर्नुपर्छ । ६. भण्डारमा राखिएो गहुँमा लाग्ने धुन नियन्त्रण गर्न राम्रोसँग सुकाएको करिब एक कि.ग्रा. गहुँमा ५० ग्राम बोझोको धूलो मलि सकेसम्म हावा नछिर्ने गरी टम्म विर्को हुने भाँडोमा राख्नुपर्दछ । बोझोको धूलो बनाउन बोझोको गानो उखेलेर राम्ररी पानीले धोई पखाली गरि स–साना चाना (टुक्रा) पारी छायाँमा सुकाई त्यसपछि बोझोको टुक्रालाई ओखल वा ढीकीमा कुटी छिन्केर मसिनो पार्नुपर्छ । ७. ५–१० भाग बकाईनोको फलको धूलो वा १०–२० भाग हरियो पातको धूलोलाई १०० भाग पानीमा मिसाइ १२ घण्टा जति भिजाएर छर्कँदा बन्दाको लाही, धानको फड्के÷ढुङ्गे कीरा नियन्त्रण गर्न सकिन्छ । ८ कि.ग्रा. सुकाईएको बकाईनोको पातको धूलोलाई प्रति क्विन्टल अनाजमा मिसाएर भण्डार गरिएमा घुनको आक्रमणबाट जोगाउन सकिन्छ । ८. नीमको बीउको धूलो १ भाग १०० भाग अन्नमा मिसाएर राख्दा धानको धुन, पुतलीबाट अन्नलाई ६ महिनासम्म जोगाउन सकिन्छ । त्यसैगरी नीमको बीउको धूलो १–२ प्रतिशतका दरले राख्दा दालपनि सुरक्षित रहन्छ र गहुँमा पनि भण्डारणमा कीराबाट नोकसान हुन पाउँदैन । नीमको पातहरु सुकाएर ५–७ से.मी. तहपारी थुपारेको अनाजमा वा पातहरु पिँधेर अन्नमा मिसाउँदा कीराहरु नियन्त्रण भएको पाईन्छ । बोरालाई नीम पातको झोलमा एकरात भिजाएर अनि सुकाएर त्यसमा अनाज भण्डारण गर्दापनि कीराको आक्रमणबाट बचाउन सकिन्छ । ९. आलु तथा सिमी भण्डारण गरिएको ठाउँमा १०–२० वटा मसलाको पात प्रति किग्रा आलु वा सिमीको हिसाबले राख्दा भण्डारणमा लाग्ने आलुको लाभ्रे र सिमीमा लाग्ने खपटेको नियन्त्रण गर्न सकिन्छ । ............. बmमशः

Post a Comment

0 Comments