करेसाबारी माया थेग्ने फूल तयार भा छ
विरक्ती क्षण आँशु भेल साझा दरवार भा छ
सुटुक्क चोरी मायाको डोरी तराजुमा राख्यौ
मर्ने चोला यो मुटु खाने अनुहार भा छ
प्यासी हुँदै भौतारिएँ किनार खोज्दै बितेछ
मुटु थाम्न प्यारो वचन मूल आधार भा छ
मुना– मदन जोडी थ्यो विषालु आँखा गड्यो
मूर्ति भाक्न हरबार जीवन लाचार भा छ
समयले दिएको घाउ समयले पुरेको छ
मौसमी हेरफेर बीच धड्कन यादगार भा छ ।
0 Comments
Thanks for your concerns