मानव जीवनको अवस्था उस्को सोचाईमा भरपर्छ
मलाई त यो जीवन भत्केको बाटो जस्तो लाग्छ
मानव पोका पन्तरा बोकेर आफ्नो बाटो लाग्छ
विडम्बना उ गन्तब्यमा नपुगी अन्तै लाग्छ ।
भत्केको मन लिएर मानिस डाँडा र काँडा पार गर्छ
अब उ आँधीवेहरी बनेर कुन ठाउँ पुग्छ
अपसोच उ जीवनको दोधारमा भौतारिन पुग्छ
भत्केको बाटोमा कहिले लक्षमा पुगिन्छ ।
अब त जीवनमा ठूला ठूला पहिरो तेर्सिन्छ
अपसोच जताहे¥यो उतै भत्केको मात्र देखिन्छ
विनाशकारी भूकम्प झौ बाटैमा हल्लिरहेछु
जीवनमा रमाइलो खोज्दा खोज्दै जुरे पहाडसँगै बगेछु ।
थकाई मार्न मेलो तर्नुपर्ने अनिवार्य छ
विडम्बना भताभुङ्गे बाटोको पुलै भाँचिएछ
जीवनको सुन्दर सपना देख्दादेख्दै
अपसोच देउरालीमै पहिरो गएछ ।
म त भत्केको बाटोको यात्रा गर्दा गर्दै
दिनमै ठूला ठूला सपना देख्दा देख्दै
जीवनका पहिरा पाखा पखेरुमा भौतारिँदै
स्वबासमै दिनदहाडै चिर निद्रामा पुगेछु ।।
0 Comments
Thanks for your concerns