पायो चोटै चोट पाये खै के पो विराएँ
पहिलो पहिलो भेट त्यो याद दिलाएँ
फूटेको यो कस्तो कर्म बुझेन उस्ले मेरो मर्म
भुल भयो माया लाएरै जिन्दगी यो गुमाएँ
आज फेरि किन उसैको याद आयो
त्यही यादले सताउँदा परेलाहरु भिजाएँ
तिम्ले साथ दिन छाड्यौ मेले के पाएँ के दिएँ
तुच्छ यो जिन्दगी रातो रगतले रङ्गाएँ
आफूलाई भन्दा पनि बढी माया गरेकै थेँ
त्यो मायाको चिनो मृत्यु यही उपहार पाएँ ।।
0 Comments
Thanks for your concerns