ब्लड पे्रसरका रोगीले यस्तो भोजन गरौँ

शहरिया जीवनशैलीले अचेल रक्तचाप रोगीको संख्या निकै बढ्दै छ । रक्तचाप बढेसँगै यसले शरिरमा अन्य रोगहरु पनि बल्झाइदिन्छ । जसले गर्दा रक्तचाप बढ्न नदिन समयमै सचेत रहनुपर्छ । यहाँ केही टिप्स छन्, जुन रक्तचाप रोगीको लागि निकै उपयोगी हुन सक्छ । १. एकैपटक धेरै खानेकुरा खानु हुँदैन । मसाला तथा तेलमा तारेको खानेकुराबाट टाढा बस्नुपर्दछ । २. भोजनमा फलफूल र तरकारीको मात्रा बढी लिनुपर्दछ । ३. लसुन, प्याज, भटमासको सेवन फाइदाजनक हुन्छ । ४. भोजनमा पोटासियमको मात्रा बढी र सोडियमको मात्रा कम हुनु पर्दछ । ५. नुनको सेवन कम गर्नु पर्दछ । ६. चिनी, क्याफिन, चक्लेट, जंक फूड आदिको सेवन नियन्त्रित गर्नुपर्दछ । ७. दिनमा कम्तिमा १०र१२ गिलास पानी पिउनु पर्दछ । ८. जौ, गहुँको पिठो, मुङ्ग, अंकुरित दाल आदिको सेवन गर्नुपर्दछ । ९. काउली, पालुङ्गो, मेथीको साग आदि नियमित खानुपर्दछ । १०. तरकारीमा लौका, पुदिना, परवल, सजिवन, फर्सी, करेला आदिको भोजन फाइदाजनक छ । ११. जुवानो, अदुवा पनि नियमित खाए फाइदा पुग्दछ । १२. मौसम, अंगुर, अनार, मेवा, स्याउ, सुन्तला, अम्बा आदि फलको नियमित गर्नु पर्दछ । १३. दूध, भटमासको तेल, गाईको घिऊ, सखर, मह, बदाम आदिको सेवन पनि रक्तचाप रोगीको लागि गुणकारी मानिन्छ । रिसाहा व्यक्तिलाई हृदयघातको बढी खतरा हुने स्वास्थ्य अनुसन्धानकर्मीहरुले सन्की र रिसाहा व्यक्तिमा हृदयघात बढी हुने गरेको बताएका छन् । हृदयघातको दुई घन्टाअघिको अवस्था निकै खतरा भएको उनीहरु बताउँछन् । तर, मानसिक तनाव वा अत्यधिक रिस उठ्ने बानी नियन्त्रण गरे हृदयघातको जटिल नतिजाबाट जोगिन सकिने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । हृदयघातको खास कारण अझै प्रष्ट खुलेको छैन । ब्रिटिस हर्ट फाउण्डेसनका डोरेन म्याडक भन्छन्–‘तर रिस, तनाव आदिको कारणले हुने शारीरिक परिवर्तन पनि कारक हो । यसको जैविक विश्लेषण हुन जरुरी छ ।’ मुटुको रोगीहरु पनि हृदयघातको खतरामा पर्ने गरेको युरोपियन हर्ट जर्नलमा लेखिएको छ । असाध्यै रिसाएको पछिल्लो दुई घन्टाको अवधि हृदयघात हुने सम्भावना पाँच गुणा बढी हुने तथ्य पनि यसमा उल्लेख गरिएको छ । हावर्ड स्कूल अफ पब्लिक हेल्थका अनुसन्धानकर्मीहरुका अनुसार बेलायतमा वर्षेनि १० हजार व्यक्ति हृदयघातको खतरामा पर्ने गरेका छन् । मुटु रोगबाहेक रिस र तनाव पनि हृदयघातको मुख्य कारण भएको पाइएको छ । दिनमा पाँच पटकसम्म अत्यधिक रिस, तनाव आउनेहरुमा हृदयघातको सम्भावना बढी हुन्छ । बेलायतमा वाषिर्क १० हजारमध्ये ६ सय ५७ जनामा रिस र मानसिक तनावको कारण हृदयघात भएको अनुसन्धानकर्मी डा. एलिजावेथ मस्टोफस्की बताउँछिन् । रिस र मानसिक तनावले रक्तसंचार बढाउने र तनाव रोकथाम गर्न धूम्रपान, मदिरापान अत्याधिक गर्ने हुँदा पनि हृदयघातको खतरा बढ्ने गर्छ । रोकथामको अन्य उपायहरु हृदयघातको खतराबाट जोगिन निम्न सावधानी अपनाउन सकिन्छ ः – स्वस्थ्यकर आहार – नियमित व्यायाम, योगा – सन्तुलित शारीरिक तौल – धूम्रपान त्याग्ने – मदिरापान नियन्त्रण – चिकित्सकको परामर्शमा मात्र औषधि सेवन

Post a Comment

0 Comments