गजल 1

– इच्छाराम थापा “धडकन”, खुलालटार हे दिल मायाको याद क्या घातक, के आउँछ यसरी ? हे दिल प्यास मेट्न एकान्त खोज्दै, के धाउँछ यसरी ? चरी उड्छ आकाश माथि बादल हुने लक्ष्य लिई आहा ! चरीको इच्छा के सारो तिखो, के पाउँछ यसरी ? रन्थनिएको मन सुम्सुमाउने बरै को होला यहाँ चाहना रोकी धन पछ्याई लाग्दा, के लाउँछ यसरी ? आजकलका युवा केही गरौँ भन्छ, तर थिती कस्तो छ । प्रीतिको फूलवारीमा फूलले गान, के गाउँछ यसरी

Post a Comment

0 Comments