gazal

गजल
– इच्छाराम थापा “धड्कन” शंखरापुर न.पा.–१४, खुलालटार
स्मृतिमा मन्द विष पिएँ रे उनले
त्यो साँझ उपहार दिए रे उनले
हाय सपना बाँड्ने निदरी रात हो
ब्युँझी हेर आकाश लिए रे उनले
मरे भनुँ कसरी यात्रा बिथोलिँदा
प्यासी तुनामा अल्झी जिए रे उनले
यथार्थ जीवनको अध्याय पल्टाई
त्यान्द्रा गाँसेर व्यथा सिए रे उनले ।

Post a Comment

0 Comments