रुघाखोकी ९ऋयmmयल ऋयमि०

डा. राजन लुइँटेल
धुलो, धुवाँ, प्वाँख, लत्ता कपडाको र अन्य चिजहरुको साना साना कणहरु साथै भाइरसहरुको समूहहरुले श्वास प्रश्वासको माथिल्लो भाग (नाकको प्वाल, पिनास, घाँटी, रुद्रघण्टी आदिमा) संक्रमण र एलर्जी गरि नाक चिलाउने, नाकबाट पातलो सिंगान बग्ने, हाच्छिउँ आउने, नाकबन्द हुने, घाँटी खसखसाउने, खोकी लाग्ने, आवाज असजिलो हुने अवस्थालाई रुघाखोकी ९ऋयmmयल ऋयमि० भनिन्छ । जुन जाडो मौसममा बढी हुन्छ र एक अर्कामा तत्काल सरेर इन्फेक्सन हुन्छ ।
लक्षणहरु ः
क नाक र घाँटीमा असजिलो महसुस भएर चिलाउने,
क नाकबाट पातलो पानीजस्तो सिंगान बग्नु,
क हाच्छिउँ र खोकी लाग्नु,
क घाँटी, छाती दुःखेर आवाजमा गडबडी आउनु,
क नाकबन्द हुनु जस्मा कहिलेकाहीँ बाक्लो सिँगान आउनु,
क ज्वरो आउनु, जिऊ दुःख्नु, टाउको दुःख्नु, कमजोरी महसुस गर्नु,
क रुघा खोकीको लक्षणसँगै जिऊ दुःख्ने हातखुट्टा गल्ने, साधारण ज्वरो आउने भएमा भाइरल फ्लु भनिन्छ ।
क भाइरल रुघाखोकी बढीमा रोकथाम गरेमा १ हप्ता भित्रमा निको हुन्छ । यदि रोकथाम गरिएन भने रोगसँग लड्ने (प्रतिरोधात्मक) शक्ति कमजोर भएमा किटाणुहरु (व्याक्टेरिया)ले संक्रमण ९क्भअयलमबचथ द्यबअतभचष्ब िक्ष्लाभअतष्यल० गरि निमोनिया, टन्सीलाइटीस, कान पाक्ने, पिनासको संक्रमण हुने, रुद्रघण्टी र घाँटीको संक्रमण हुने, मेनेन्जाइटीस हुने, लहरेखोकी हुने, बाथ ज्वरो ९ब्अगतभ च्जझबतष्अ ँभखभच० हुने र मृगौला र मुटुको संक्रमण हुने हुनसक्छ ।
रोकथाम र उपचार ः
१) धुलो वा कुनै चिजका साना साना कणहरु, फुर र भाइरसहरुबाट बच्न माकस लगाउने ।
२) घाँटी, छाती न्यानो राखी तातोपानी खाने ।
३) चिसो, अमिलो दही जुस फलफुल नखाने ।
४) तातो तातो चिज खाने र पानीको वाफ दिनको ३ पटक लिने ।
५) प्रशस्त तातो झोलिलो पदार्थ गेडागुडी, मासुको सुप, तातो कागती पानी, (भिटामीन सी पाइने पदार्थ) पिउने ।
६) रोगसँग लड्ने शक्ति बढाउन प्रशस्त प्रोटिन र भिटामीन पाउने तातो चीज खाने ।
७) एक व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस् भन्नाको लागि होस पु¥याउने ।
८) दुखाई र ज्वरो कम गर्न एन्टी कोल्ड एलर्जी कम गर्न, एन्टी हिस्टामीन डाक्टरको सल्लाह अनुसार प्रयोग गर्ने ।
९) ब्याक्टेरियाले संक्रमण गरि ९क्भअयलमबचथ द्यबअतभचष्ब िक्ष्लाभअतष्यल० भएको माथि उल्लेखित रोगहरुका लक्षणहरु देखिएमा सुविधायुक्त अस्पतालमा गइ विशेषज्ञ डाक्टरहरुको सल्लाह अनुसार उपयुक्त एन्टिवायोटिक ९ब्अअयचमष्लन तय मष्कभबकभक० औषधी प्रयोग गर्नुपर्छ ।

Post a Comment

0 Comments