सर्वकोटीको प्रथम साधारण सभा सम्पन्न

साँखु÷गत कार्तिक २९ गते शनिबार ईन्द्रायणी गाविस कुसुमथली स्थित सर्वकोटी महिला वचत तथा ऋण सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । उक्त सहकारी ईन्द्रायणी गाविसमै पहिलो पटक महिलाहरुद्वारा सञ्चालित सहकारी हो ।
साधारणसभाको सभापतित्व संस्थाका अध्यक्ष मञ्जु खड्काले गरेका थिए भने कार्यक्रम सञ्चालन गरिमा खड्काले गरेका थिए । अतिथिहरुलाई अस्मिता खड्का र रञ्जिता खड्काले व्याज लगाईदिएका थिए ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि काठमाडौँ क्षेत्र नं. २ का सभासद् दिपक प्रसाद कुइँकेलले गरेका थिए । सो अवसरमा जेष्ठ महिला वडा नं. ५ का धनकुमारी खड्का, सर्वोत्कृष्ट वचत कर्ता सेति परियार, सर्वोत्कृष्ट दैनिक वचत कर्ता गोमा श्रेष्ठ, सर्वोत्कृष्ट मासिक वचत कर्ता दुर्गा बहादुर खड्का, जेष्ठ शेयरधनी महिला महालक्ष्मी खड्का लगायतलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा सुवर्ण श्रेष्ठ, सहदेव श्रेष्ठ, जयराम पुडासैनी, राजकुमार श्रेष्ठ, मणिराम खड्का, लक्ष्मण खड्का र प्रमोद खड्काको उपस्थिती रहेको थियो ।

Post a Comment

0 Comments