बज्रयोगिनी
– मुकुन्द विष्ट, सलम्बुटार साँखु
प्राचिन नगर लावण्यको उत्तर शीरमा रहेकी
माता तिमी सबको रक्षा गर्ने उग्रतारा नामकी
शक्ति दिने, दुःख हर्ने माता तिमी बज्रयोगिनी
तिम्रा साथमा रहेका छन् सिंहिनी र ब्याघ्रिणी
रुप तिम्रा भिन्न भिन्न शक्ति तिम्रो अपार
भक्तजनको रक्षा गर्ने माता हामी गर्छौँ पुकार
साँखु तिम्रो माइती देश माया गर्छन् सबले
माता तिम्रो लीला बुझ्न यहाँ सक्छन् कसले ?
हामी सबै अन्जान छौँ क्षमा गर माता
तिमी जस्तो हाम्रो लागि कोही छैनन् माता ।।
आमा तिम्रो बिजोग
– इच्छाराम थापा “धड्कन” इन्द्रायणी–८
आमा, मेरो मातृभूमि मेरो प्राणप्यारी
लुट, फुट र गुटका शिकारीहरुको खेलमा
कति लुटिएकी छौ, कति फुटिएकी छौ
कति खेलाईएकी छौ, दिन–रात जिउँदो लाश बन्दैछौ
नव सूर्योदयको नयाँ आशामा
कति काल बिते, फेरि उही निराशा
तिम्रो शरीरलाई यहाँ जिउँदै जलाइरहेछन्
तिम्रै सन्ततीले, तिम्रै रगतको नाताले, तैपनि कति नि विचलित छैनौ
तिमी कति सहनशील, कति साहसी, कति महान्
शरीरमा टन्नै मूल्यवान वस्त्र भएर पनि
तिमी नाङिगएकी छौ, लज्जित छौ
तिम्रो प्रत्येक अंगहरुको भागवण्डा गरिदैँछ
नसा नसामा विष भरिँदैछ, रगतको प्याला तानिँदैछ
गाजलु तिम्रा आँखाहरुमा, भ्रमको पर्दा टाँगिदैछ
तिम्रो रोदन परचक्रिको मीठाई बने
वक्षस्थलको दूधका अमृत धाराहरुमा
गिद्ध र बाजहरुले, तिम्रो शरीरलाई टुक्रा पार्दै मिसाउँदै
तिम्रै सन्तानलाई पिलाउँदैछन्
नालायक सन्तानहरु नतमस्तक भएर
मोजमस्तीमा मदहोशी बनेर जिउँदैछन्
तिमीलाई गिल्ला गर्दै, शान्तिको गीत बज्ने मैदानमा
युद्ध, ताण्डवनृत्य, बम–बारुदको गर्जाहट
असह्य, अपरिवर्तित चित्कार सुनिँदैछ
हरियो वन नेपालको धन उखान–टुक्का मात्रै
महौषधी, जडीबुटीहरुमा विदेशीको चलखेल
तिमी बेचिएकी छौ, दुष्ट दूराचारीहरुको पैसामा
क्षणिक सुखभोग, विलासिता, कृत्रिम सुन्दरताको खातिर
तिम्रा कु–सन्तानहरुको कारण
तिमी कति कलंकित बनेकी छौ, कति बदनामी छौ
तर अति प्रसन्न छौ, अति सन्तुष्ट छौ
कति गौरव गछौ, किनकी, तिमी अति नै संच्चा छौ
तिमी नेपाल आमा हैन, नेपाली धड्कन हौ, यो जगतकी जननी हौ
आफ्नै अस्मिता जोगाउन, अस्मिता बचाउन
तिमी कति छट्पटिएकी छौ, कति बेचैन छौ
दिनदहाडै लुटिएकी छौ, बलात्कृत भएकी छौ
आफन्तबाटै आफ्नै सम्बन्धबाट, आमा तिम्रो बिजोग, हविगत, दुर्गती, बेइज्जती, सुपुत्रहरुले कसरी हेर्ने ? कतिञ्जेल हेर्ने ?
यावत् प्रश्नै प्रश्नको भीडमात्र
उत्तरहरु मौन छन्, निरुत्साहित छन्
समाधानहरु केवल परिकल्पना
बस्, उही मात्र कल्पना–परिकल्पना ।

0 Comments
Thanks for your concerns